Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

हरेक पटक सन्तान जन्माउँदा श्रीमानसँग करोडौं माग्ने यी महिला

हरेक पटक सन्तान जन्माउँदा श्रीमानसँग करोडौं माग्ने यी महिला

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

फाल्गुण २५, २०८० शुक्रवार • ०५:४५:१५ बजे
  • 1.7K
    SHARES
  • हरेक पटक सन्तान जन्माउँदा श्रीमानसँग करोडौं माग्ने यी महिला

    वैवाहिक बन्धनमा बाँधिएपछि ढिलो चाँडो परिवार बढाउने योजना सबै दम्पतीको हुन्छ । परिवार बढाउने निर्णय दुवै दम्पतीले मिलेर लिन्छन् । कहिले कति बेला परिवारलाई बढाउने भन्ने उनीहरूको निजी फैसला हो ।

    images

    कहिलेकाहीँ परिवार वा समाजको दबाब पनि हुन्छ । पछिल्लो समय सरोगेसी अर्थात् कोख भाडामा लिएर बच्चा जन्माउने चलन पनि बढेको छ । तर बच्चा जन्माइदिन आफ्नै श्रीमानसँग पैसा असुल्ने श्रीमतीबारे तपाईँलाई थाहा छ ? यी महिला दुबईकी हुन् । बच्चा जन्माइदिने काम आफूले फ्रीमा नगर्ने अनि हरेक बच्चाको लागि श्रीमानसँग महँगा वस्तुहरू बाहेक कमसेकम २ लाख पाउन्ड स्टर्लिङ (करिब ३ करोड ३६ लाख नेपाली रुपैयाँ) नगद लिने गरेको सौदी नामक गरेकी महिलाले बताएकी छिन् ।

    सौदी आफ्नो श्रीमानसँग दुबईमा बस्छिन् । यी महिलाको पति करोडपति हुन् । बच्चा जन्माउने जस्तो दुःखको काम यिनी पैसा वा गिफ्ट बिना गर्दिनन् । बच्चा जन्माउनु अघि नै आफूलाई के के कहिले कहिले चाहिएको हो भनेर श्रीमानलाई लिष्ट नै बुझाउँछिन् । टिकटकमा आफ्ना फलोअरहरूलाई गर्भधारण अघि आफ्ना सारा माग पतिसमक्ष राख्ने गरेको महिलाले भनेकी थिइन् ।

    बच्चा जन्माइदिएबापत हरेक पटक आफूले नयाँ कार अनि कारसँग म्याचिङ हर्मीज बर्किनको ब्याग लिने गरेको उनको भनाई छ । यो ब्यागको मूल्य ८० लाख रुपैयाँदेखि ९० लाख रुपैयाँसम्म पर्दछ । यसबाहेक हरेक बच्चा जन्माउन नगद २ लाख पाउन्ड पनि लिने गरेकी छिन् । सौदीको पहिलो माग हिराको ठुलो औँठी हुने गरेको छ ।

    दोस्रो महँगो उपहारमा बच्चा जन्माउने बेलामा लिने गरेकी छिन् । यो गिफ्ट चाँहि लाखौं रुपैयाँ पर्ने लक्जरी ब्याग हुन्छ । जन्मने बच्चा छोरा वा छोरी के हो सोको आधारमा ब्याग पनि निलो वा गुलाबी हुन्छ । हरेक पटक सन्तान जन्माउँदा उनलाई लक्जरी कार पनि चाहिन्छ । यसबाहेक सौदीको सारा थेरापी र ब्यूटि ट्रिटमेन्टको खर्च पनि श्रीमानले नै उठाउनु पर्ने सर्त उनले राखेकी छिन् ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology