Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

कम उमेरमा बिहे गर्छन् इजरायली मुस्लिम महिला

कम उमेरमा बिहे गर्छन् इजरायली मुस्लिम महिला

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

फाल्गुण २५, २०८० शुक्रवार • १४:१८:५२ बजे
  • 3.6K
    SHARES
  • कम उमेरमा बिहे गर्छन् इजरायली मुस्लिम महिला

    इजरायली मुस्लिम महिलाले औसतमा सबैभन्दा कम उमेरमै विवाह गर्ने गरेका इजरायली केन्द्रीय तथ्याङ्क विभागले जनाएको छ । सन् २०२४ मार्च ८ मा मनाइने अन्तर्राष्ट्रिय महिला दिवसको पूर्वसन्ध्यामा विभागले सार्वजनिक गरेको तथ्याङ्कमा उल्लेख छ ।

    images

    सन् २०२२ को तथ्याङ्क अनुसार इजरायलमा मुस्लिम महिलाहरूले औसत २३.५ वर्षको उमेरमा विवाह गर्छन् । ड्रुज महिलाहरूमा विवाहको औसत उमेर २५.४ वर्ष रहेको छ भने यहुदी महिलाहरूमा २५.६ वर्ष र क्रिश्चियन महिलाहरूमा २७।६ वर्ष छ ।

    सन् २०२२ मा महिलाको बच्चा जन्माउने औसत उमेर बढेर ३०।७ वर्ष पुगेको छ जुन सन् २००० को औसत उमेरको तुलनामा आठ महिना बढी हो । इजरायलमा सन् २०२२ मा करिब एक लाख ७७ हजार २०० महिलाले बच्चा जन्माएका थिए । इजरायली महिलाले आफ्नो जीवनमा औसतमा २.८९ बच्चा जन्माउँछन् ।

    यो सङ्ख्या आर्थिक सहयोग र विकास सङ्गठन (ओईसीडी) सदस्य देशहरूको औसत १।५८ बच्चाको तुलनामा बढी हो । सन् २०२३ मा आमा बनेका १७ वर्षमाथिका इजरायली किशोरीको सङ्ख्या करिब १२ लाख अर्थात् कूल महिला जनसङ्ख्याको ३५ प्रतिशत छ ।

    यीमध्ये ९० प्रतिशत आफ्नो जीवनसाथीसँग बस्छन् र बाँकीले एकल अभिभावकत्वमा परिवारको नेतृत्व गर्छन् ।

  • सम्बन्धित विषय:

  • # इजरायली मुस्लिम महिला
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology