Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

नेपालबाट १५ करोडको बन्दागोभी भारतमा निर्यात

नेपालबाट १५ करोडको बन्दागोभी भारतमा निर्यात

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

फाल्गुण २६, २०८० शनिवार • ०७:४४:१५ बजे
  • 811
    SHARES
  • नेपालबाट  १५ करोडको बन्दागोभी भारतमा निर्यात

    नेपालबाट ७ महिनाको अवधिमा १५ करोड १५ लाख रुपैयाँभन्दा बढीको बन्दागोभी निर्यात भएको छ ।

    images

    चालू आर्थिक वर्ष २०८०/८१ को साउनदेखि माघ महिनासम्मको अवधिमा १५ करोड १५ लाख रुपैयाँभन्दा बढीको ९७ लाख ५५ हजार किलोग्राम बन्दागोभी निर्यात भएको हो ।

    नेपालबाट निर्यात हुने सबै बन्दागोभी (सेतो र रातो) भारतमा जाने गर्छ । यस्तै, १५ लाख रुपैयाँ बराबरको सलगम, मुला लगायतका तरकारी निर्यात भएको छ । यस अवधिमा झण्डै ११ लाख रुपैयाँ बराबरको केराउ, सिमि, बोडी लगायतका गेडागुडी समेत निर्यात भएको तथ्यांकमा उल्लेख छ ।

    यस्तै, ९६ लाख ८० हजार रुपैयाँको कुरिलो निर्यात भएको छ भने ६ लाख रुपैयाँ बराबरको च्याउ निर्यात भएको छ । भन्सार विभागको तथ्यांकअनुसार अन्य प्रकारका तरकारी निर्यातबाट १६ लाख रुपैयाँ भित्रिएको छ ।

    १ लाख ८० हजार रुपैयाँको फर्सि निर्यात हुँदा ९३ लाख ६६ हजारको गोलभेडा निर्यात भएको छ ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology