Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

बढ्यो विदेशी मुद्रा सञ्चिति, १२.३ महिनाको आयात धान्न सक्ने

बढ्यो विदेशी मुद्रा सञ्चिति, १२.३ महिनाको आयात धान्न सक्ने

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

फाल्गुण २७, २०८० आइतवार • ११:०६:४२ बजे
  • 1.6K
    SHARES
  • बढ्यो विदेशी मुद्रा सञ्चिति, १२.३ महिनाको आयात धान्न सक्ने

    चालु आर्थिक वर्ष (आव) २०८०/८१ को सात महिनामै विदेशी विनिमय सञ्चिति २० प्रतिशतले बढेको छ । २०८० असार मसान्तमा १५ खर्ब ३९ अर्ब ३६ करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति माघ मसान्तमा आउँदा १९.९ प्रतिशतले बढेर १८ खर्ब ४४ अर्ब ९४ करोड पुगेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

    images

    गत असारमा अमेरिकी डलरमा ११ अर्ब ७१ करोड रहेकोमा माघ मसान्तमा १८.६ प्रतिशतले वृद्धि भई १३ अर्ब ८९ करोड पुगेको छ । कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०८० असार मसान्तमा १३ खर्ब ४५ अर्ब ७८ करोड रहेकोमा माघ मसान्तमा २०.७ प्रतिशतले वृद्धि भई १६ खर्ब २३ अर्ब ९२ करोड पुगेको छ ।

    बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंकबाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति २०८० असार मसान्तमा १ खर्ब ९३ अर्ब ५९ करोड रहेकोमा माघ मसान्तमा १४.२ प्रतिशतले वृद्धि भई २ खर्ब २१ अर्ब २ करोड कायम भएको छ । २०८० माघ मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २२.६ प्रतिशत छ ।

    आयातमा कमी र विदेशी विनियम सञ्चितिमा भएको वृद्धिले सञ्चिति पर्याप्तता सूचकमा पनि उल्लेख्य वृद्धि भएको छ । चालु आव सात महिनाको आयात आधार मान्दा बैकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति १४.७ महिनाको वस्तु आयात र १२.३ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने राष्ट्र बैंकले जनाएको छ ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology