Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

नेकपा एसले पनि प्रधानमन्त्रीलाई विश्वासको मत दिने

नेकपा एसले पनि प्रधानमन्त्रीलाई विश्वासको मत दिने

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

फाल्गुण २९, २०८० मंगलवार • ०७:२७:०८ बजे
  • 1.0K
    SHARES
  • नेकपा एसले पनि प्रधानमन्त्रीलाई विश्वासको मत दिने

    लिखित सहमतिबिना प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत नदिने अडान लिएका एकीकृत समाजवादीको माग पूरा भएको छ ।

    images

    संसद् भवन नयाँ बानेश्वरमा बसेको सत्तारुढ दल एमाले, माओवादी र एकीकृत समाजवादीका शीर्ष नेताहरूको बिच सहमति भएको प्रधानमन्त्रीको स्वकीय सचिव रमेश मल्लले जानकारी दिए । मल्लका अनुसार यसअघि चार दलबिच भएको ८ बुँदे सहमतिमा पनि एकीकृत समाजवादीले हस्ताक्षर गरेकाे छ ।

    यस्तै आज हुने राष्ट्रिय सभा अध्यक्ष निर्वाचनमा एकीकृत समाजवादीले मतदान गर्न आफ्ना सांसदहरूलाई निर्देशन दिएकाे छ। ‘खासगरी राष्ट्रिय सभा अध्यक्ष निर्वाचनको विषयमा शीर्ष नेताहरूको बैठक बसेको हो ।

    गठबन्धनका उम्मेदवारलाई विजयी गराउन आफ्ना सांसदहरूलाई निर्देशन दिइएको छ’, बैठकबारे मल्लले भने, ‘अब कुनै समस्या छैन । यसअघि चार दलबिच ८ बुँदेमा हस्ताक्षर भएको थियो । अब पाँच दल भएको छ ।

    सहमतिमा हस्ताक्षर भएको छ ।’ सोमबार बसेको एकीकृत समाजवादीको संसदीय दलमा पार्टीलाई जानकारी नदिई मन्त्रीको नाम दिएकोमा नेपालको चर्को विरोध भएको थियो । लिखित सहमतिबिना प्रधानमन्त्रीलाई विश्वासको मत नदिने सांसदहरूले अडान लिएका थिए ।

  • सम्बन्धित विषय:

  • # विश्वासको मत दिने
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology