कुवेत - नेपाली काङ्ग्रेसको प्रवासी भातृ संगठन नेपाली जनसम्पर्क समिति कुवेतको चौथो अधिवेशन मे २४ तारिकमा हुने भएको छ ।
समितिको सभापति राजेन्द्र बिरहीको अध्यक्षतामा गत शुक्रवार सम्पन्न बैठकले केन्द्रीय प्रतिनिधिको उपस्थितिमा अधिवेशन गर्ने निर्णय गरेको हो । अधिवेशन समारोह सफल बनाउन तीन सदस्यीय संयोजक समिति समेत गठन गरेको छ । समितिको संयोजकमा प्रदिप कार्की , सह-संयोजक मा मदन पनेरु र सदस्यमा जिवन निरौला रहेका छन ।
कुवेतको नेपाली समाजमा जनसम्पर्क समिति कुवेतको स्थापना सन् २०११ मा भएको हो । जनसम्पर्क समिति कुवेतले नेपालको विभिन्न ठाउँबाट रोजगारीको सिलसिलामा कुवेतमा आई कार्यरत नेपालीहरु नेपाली कांग्रेससंग आस्थावान् सबैलाई संगठित गर्दै, यहाँ कृयाशिल सबै संघ-संस्थासंग सहकार्य र समन्वय गर्दै नेपालीहरुका समस्या समाधानका लागि संगठनात्मक ढँगबाट पहल गर्ने लगायतका कार्यहरु गर्दै आएको छ ।
कुवेतमा कार्यरत रही समाजवादी-लोकतान्त्रीक राजनीतिक प्रति आस्थावान् सम्पूर्ण नेपाली दाजुभाई तथा दिदिबहिनीहरुलाई अधिवेशन समारोहमा उपस्थितिको लागि जनसम्पर्क समिति कुवेतले अनुरोध गरेको छ । अधिवेशन हुने स्थान र समय वारे छिट्टै जानकारी गराईने महामन्त्री केशर घंलान तामाङले बताएका छन ।