Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

एलिना चौहानले वैशाख ५ गते प्रेमी विष्णु सापकोटासँग विवाह गर्ने

एलिना चौहानले वैशाख ५ गते प्रेमी विष्णु सापकोटासँग विवाह गर्ने

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

चैत्र १२, २०८० सोमवार • ११:३३:१६ बजे
  • 1.1K
    SHARES
  • एलिना चौहानले वैशाख ५ गते प्रेमी विष्णु सापकोटासँग विवाह गर्ने

    गायिका एलिना चौहानले आगामी वैशाख ५ गते प्रेमी विष्णु सापकोटासँग विवाह गर्ने भएकी छन् । अनलाइनखबरसँग कुरा गर्दै उनले अहिले आफू विवाहको तयारीमा जुटेको बताइन् ।

    images

    ‘अहिले म विवाहको तयारीमा जुटेको छु । निम्तो बाँड्ने र अन्य तयारीको काममा व्यस्त छु,’ उनले भनिन् । गीतकार समेत रहेका सापकोटा बागलुङ निवासी हुन् ।

    उनी अहिले अष्ट्रेलियामा व्यवसाय सञ्चालन गर्दै आएका छन् । एलिनाको स्थायी घर झापा हो । गत वर्षको तीज कार्यक्रममा अष्ट्रेलिया पुगेकी एलिना र विष्णुबीच त्यतिबेलादेखि नै प्रेम सम्बन्ध रहेको बताइन्छ ।

    यसअघि यी दुईबीच प्रेमपछि ब्रेकअपको खबर फैलिएको थियो । यो खबरलाई उनले नकारेकी थिइन् ।

  • सम्बन्धित विषय:

  • # एलिना चौहान
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology