Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

यस वर्षको एसईई परीक्षा शान्त वातावरणमा सञ्चालन

यस वर्षको एसईई परीक्षा शान्त वातावरणमा सञ्चालन

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

चैत्र १५, २०८० बिहिवार • ०५:४४:१७ बजे
  • 1.8K
    SHARES
  • यस वर्षको एसईई परीक्षा शान्त वातावरणमा सञ्चालन

    यस वर्षको माध्यमिक शिक्षा परीक्षा शान्त वातावरणमा सञ्चालन भइरहेको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।

    images

    अहिलेसम्म देशभर नै निकै सहज, शान्तिपूर्ण, मर्यादित र भयरहित वातावरणमा भइरहेको उनको भनाइ छ । कति विद्यार्थी एसईईमा सहभागी भए भन्ने तथ्याङ्क तत्कालै नआउने उनले बताए ।

    ‘कति विद्यार्थीले परीक्षा दिइरहेका छन् भन्ने ठ्याक्कै अहिले नै भन्न सकिने अवस्था छैन । ७७ वटै जिल्लाबाट तथ्याङ्क सङ्कलन भइरहेको छ । केही समय लाग्छ होला,’ पौडेलले भने ।

    यो वर्षको एसईईका लागि पाँच लाख चार हजार ४१४ विद्यार्थीले परीक्षा फाराम भरेका थिए । अहिलेसम्म कुनै पनि ठाउँबाट अमर्यादित घटनाबारे जानकारी नआएको बताए ।

  • सम्बन्धित विषय:

  • # वातावरणमा सञ्चालन
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology