Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

विश्वको सबैभन्दा ठुलो जुका १८ इन्च लामो

विश्वको सबैभन्दा ठुलो जुका १८ इन्च लामो

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

चैत्र १६, २०८० शुक्रवार • ०६:५४:२४ बजे
  • 4.3K
    SHARES
  • विश्वको सबैभन्दा ठुलो जुका १८ इन्च लामो

    जुका भन्ने बित्तिकै केही मान्छेलाई निकै डर लाग्छ । जुका १८ इन्च लामो हुन्छ भन्ने सुनेर डर नलाग्ने त को नै होला र ? जुकाहरू विश्वभर नै प्रायः ओसिलो र छिपछिपे पानी हुने ठाउँमा पाइन्छ ।

    images

    अधिकांश जुका मान्छेको माइली औँलाभन्दा पनि साना हुन्छन् । केही योभन्दा ठुलो हुन पनि सक्छन् । तर यसको एउटा प्रजाति यति ठुलो हुन्छ कि झट्ट हेर्दा कतिको सातो नै जान सक्छ ।

    एमाजनको जंगलमा पाइने यो विशाल जुकाको नाम हेमेन्तेरिया घिलियानी हो । यो ब्राजिल नजिकका केही स्थान र फ्रेन्च गायनामा मात्रै पाइन्छ । त्यसैले तपाईँसम्म यो जुका आउने सम्भावना कम हुन सक्छ । फोटोमै यो जुका देख्दा पनि सिरिङ्ग हुन्छ । अधिकांश जुकाको प्रजाति ३० देखि ३६ सेमीसम्म लामो हुन सक्छन् ।

    अपवादका केही प्रजाति ४६ सेमीसम्म पनि लामो हुन सक्छन् । तर हेमेन्तेरिया घिलियानी १८ इन्चसम्म लामो हुनसक्छ । यसलाई पहिलो पटक सन् १८४९ मा इटलीका प्रकृतिविद् भिट्टोरे घिलियानीले फेला पारेका थिए । अनलाइनमा भेटिएका केही जानकारीका अनुसार यो जीवले एक मिनेटमा मानव शरीरबाट ४ देखि १५ मिलिमिटरका दरले रगत चुस्न सक्छ । यो जुकाको सूँड मान्छेको शरीरमा १० सेमीसम्म भित्र पसेर रगत चुस्छ ।

    सामान्य जुकाले रगत चुस्दा मुख गाँडेको ठाउँमा चिल्चिलाउन थाल्छ । तर यसको मुखबाट निस्कने केमिकलको ककटेलका कारण घोचेको ठाउँमा लट्ठ हुन्छ । त्यसैले मान्छेहरूले थाहै पाउँदैनन् ।

    यो जुका महिनौँसम्म केही नखाईकन पनि बाँच्न सक्छ । रगत चुस्न थालेपछि यी जुकाको शरीरको तौल ३ देखि ६ गुणासम्म बढ्छ ।

  • सम्बन्धित विषय:

  • # ठुलो जुका १८ इन्च लामो
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology