Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

इजरायली हवाई आक्रमणमा परी सिरियामा ३६ सैनिक मारिए

इजरायली हवाई आक्रमणमा परी सिरियामा ३६ सैनिक मारिए

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

चैत्र १७, २०८० शनिवार • ०५:०५:३१ बजे
  • 733
    SHARES
  • इजरायली हवाई आक्रमणमा परी सिरियामा ३६ सैनिक मारिए

    सिरियाको उत्तरी सहर एलेप्पोमा रहेको सैनिक शिविरलाई लक्षित गरी शुक्रवार बिहानैदेखि इजरायलले हवाई आक्रमण गरेको छ । आक्रमणमा परी ३६ सिरियाली सैनिकको मृत्यु भएको एक युद्ध अनुगमनले जनाएको छ ।

    images

    सिरियन अब्जर्भेटरी फर ह्युमन राइट्सका अनुसार एलेप्पो अन्तर्राष्ट्रिय विमानस्थल नजिकैको जिब्रिन क्षेत्रमा रहेको हिज्बुल्लाह गोदाममा आक्रमण भएको थियो ।

    बेलायतमा रहेको वाचडग समूहले उत्तरी अलेप्पोको ग्रामीण इलाकामा करिब तीन घण्टासम्म चलेको आक्रमणमा सबैभन्दा बढी सिरियाली सैनिकको मृत्यु भएको बताएको छ ।

    सफिरा क्षेत्रमा रहेको डिफेन्स फ्याक्ट्रीहरूलाई पनि निशाना बनाइएको थियो । सिरियाली रक्षा मन्त्रालयको विज्ञप्तिमा स्थानीय समय अनुसार शुक्रबार सवा दुई बजे इजरायली सेनाले अलेप्पोको दक्षिणपूर्वमा रहेको एथ्रियाको दिशाबाट हवाई आक्रमण सुरु गरेको थियो ।

  • सम्बन्धित विषय:

  • # ३६ सैनिक मारिए
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology