Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

माओवादी एक भएरै छाड्छ:विप्लव

माओवादी एक भएरै छाड्छ:विप्लव

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

चैत्र १७, २०८० शनिवार • १२:४५:२४ बजे
  • 919
    SHARES
  • माओवादी एक भएरै छाड्छ:विप्लव

    नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले सबै माओवादीहरू एक भएरै छाड्ने दाबी गरेका छन् ।

    images

    शनिबार ‘२४ औं जेलब्रेक स्मृति दिवस’मा आयोजित कार्यक्रममा बोल्दै उनले देशलाई कुनै पनि हालतमा गलत तत्त्वहरूको हातमा सुम्पिन नसक्ने भन्दै रिस र आलोचना गरे पनि एक दिन माओवादी एक भएरै छाड्ने दाबी गरेका हुन् । उनले भने, ‘हाम्रो देशलाई कुनै पनि हालतमा गलत तत्त्वहरूको हातमा सुम्पिन सकिँदैन । अहिले समाजवादी मोर्चा पनि बनेको छ ।

    हाम्रै पहलमा हाम्रो राम्रो छलफल पनि चलेको छ । माओवादी त छँदै छ । माओवादी त एक हुन्छ । एक दिन माओवादी एक भइछाड्छ, यो कसैले रिस गरे पनि आलोचना गरे पनि यो एक हुन्छ, बनाइन्छ ।’ उनले हिजो जेल तोड्नेहरूले आज साम्राज्यवादी र दलालीहरूको खेल तोड्न आवश्यक रहेको बताए ।

    नेपालको इतिहासले माओवादहरूलाई एक ठाउँमा ल्याएको भन्दै नयाँ तरिकाले समीक्षा गरेर अगाडि बढ्ने उनको भनाइ छ । उनले भने, ‘हिजो जेल तोडियो आज खेल तोड्नुपर्ने छ । साम्राज्यवादी र दलालीहरूको खेल तोड्नु छ । हिजो सामन्तवाद र दलालको जेल तोडियो आज यिनीहरूले भयङ्कर गर्दै छन् ।

    नेपालको इतिहासले हामीलाई एक ठाउँमा ल्याइसकेको छ । जनताले हामीलाई हेरेका छन् । अब हामीले नयाँ तरीकाले समीक्षा गर्ने बेला आएको छ । जिम्मेवारी लिने बेला आएको छ ।’

    महासचिव विप्लवले एमाले र कांग्रेसभित्र पनि माओवादी धारका नेताहरू रहेको भन्दै माओवादी एक्लै नभएको दाबी गरे ।

  • सम्बन्धित विषय:

  • # माओवादी एक भएरै
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology