Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

गृहमन्त्रीले तस्करको फोटो सार्वजनिक नगर्न भन्नुभएको छ:दुर्गा प्रसाईं

गृहमन्त्रीले तस्करको फोटो सार्वजनिक नगर्न भन्नुभएको छ:दुर्गा प्रसाईं

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

चैत्र १८, २०८० आइतवार • ०६:२७:४९ बजे
  • 862
    SHARES
  • गृहमन्त्रीले तस्करको फोटो सार्वजनिक नगर्न भन्नुभएको छ:दुर्गा प्रसाईं

    मेडिकल व्यवसायी तथा राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंले आफूलाई गृहमन्त्री रवि लामिछानेले तस्करको फोटो सार्वजनिक नगर्न आग्रह गरेको दाबी गरेका छन् ।

    images

    आइतबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकार सम्मेलन गर्दै प्रसाईंले ‘मलाई फोटो सार्वजनिक नगर्न भनेर गृहमन्त्रीले भन्नुभएको छ, खबर पठाउनुभएको छ ।

    फोटो सार्वजनिक गर्छु जहाँपनि तस्करहरुको’, उनले भने, ‘यो चुनौती हो । तस्करको फोटो सार्वजनिक गर्छु ।’ गृहमन्त्री रवि लामिछानेले रोक्ने प्रयास गरेर जनतालाई नै सोधेर गर्ने पनि बताए ।

    उनले आफूले प्रमाणसहित तस्करको फोटो सार्वजनिक गर्ने र कारबाही गरेर देखाउन पनि गृहमन्त्रीलाई चुनौती दिए । गृहमन्त्रीले तस्करलाई कारबाही गरेमा आफ्नो पूर्ण साथ हुने पनि बताए ।

  • सम्बन्धित विषय:

  • # दुर्गा प्रसाई
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology