नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा मध्यपश्चिम कमान्ड इन्चार्ज चन्द्रबहादुर चन्द ‘वीरजङ्ग’ लाई प्रहरीले अदालतकोआदेशपछि रिहा भएलगत्तै पुनः गिरफ्तार गरेको छ । सोमबार दाङ देउखुरी जिल्ला अदालतले रिहा गरेलगत्तै प्रहरीले वीरजङ्गलाई पुनःगिरफ्तार गरेर काभ्रे लगेको छ ।
दाङ देउखुरी जिल्ला अदालतले १५ हजार धरौटीमा रिहाइको आदेश गरेपछि प्रहरीले अदालत परिसरबाटै वीरजङ्गलाई गिरफ्तार गरेकोसमाचारमा जनाइएको छ ।
२०७६ असोज २९ गते नेकपा राप्ती ब्युरो बैठक बसिरहेको बेला दांग बाट गिरफ्तार भएका वीरजङ्गसहित २१ जनामध्ये उनलाई तुलसीपुर कारागार बाट जील्ला अदालतमा उपस्थित गराइएको थियो ।
अदालतबाट रिहा भएलगत्तै अदालतमै फूलमाला र अबिरले उनलाई स्वागत गरिएको थियोे तर त्यसको केही छिनमै प्रहरीले पुनःगिरफ्तार गरी काभ्रेतिर लगेको समाचारमा उल्लेख छे । दाङबाट असोज २९ गते गिरफ्तार २१ जनामध्ये अरू २० जना यसअघि नै रिहाभैसकेका छन् तर वीरजङ्गलाई अहिलेसम्म पनि प्रहरीले रिहा गरेको छैन!स्मरण रहोस बिरजंग नेपाल कम्युनिष्ट पार्टीका महासचिव बिप्लब का सहोदर दाजु हुन!