Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

भारतमा सवारी दुर्घटना हुँदा ७ नेपालीको मृत्यु

भारतमा सवारी दुर्घटना हुँदा ७ नेपालीको मृत्यु

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

चैत्र २७, २०८० मंगलवार • ०७:२८:५९ बजे
  • 3.3K
    SHARES
  • भारतमा सवारी दुर्घटना हुँदा ७ नेपालीको मृत्यु

    भारतको उत्तराखण्डस्थित नैनीताल जिल्लामा सवारी दुर्घटना हुँदा ७ नेपालीसहित ८ जनाको मृत्यु भएको छ ।

    images

    बेतालघाट नजिक भएको दुर्घटनामा अन्य दुई जना नेपाली घाइते भएका छन् । मृतक नेपालीहरु कञ्चनपुरको महेन्द्रनगर निवासी रहेको भारतीय मिडिया टाइम्स अफ इण्डियाले जनाएको छ ।

    उनीहरु घर फर्किंदै गर्दा दुर्घटनामा परेका थिए । यसैगरी भारतको हिन्दुस्तान टाइम्सले सोमबार राति भएको दुर्घटनामा सात जना नेपाली र एक जना चालक सहित आठ जनाको मृत्यु भएको जनाएको छ ।

    भारतको बेतालघाटको उँचाकोट भन्ने गाउँमा जलजीवन परियोजनाका काम गर्ने कामदारहरु रहेको समाचारमा उल्लेख छ ।

  • सम्बन्धित विषय:

  • # ७ नेपालीको मृत्यु
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology