प्रधानमन्त्री केपी शर्मा ओलीका तीन जना सल्लाहकार र स्वकीय सचिवलाई कोरोना संक्रमण पुष्टि भएको छ।
शुक्रबार गरिएको पीसीआर परीक्षणमा मुख्य सल्लाहकार विष्णु रिमाल, परराष्ट्र सल्लाहकार राजन भट्टराई र प्रेस सल्लाहकार सूर्यथापाको पोजेटिभ आएको हो।
यसैगरी प्रमुख स्वकीय सचिव ईन्द्र भण्डारीलाई पनि संक्रमण पुष्टि भएको प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभयो।तीन जना सल्लाहकार र प्रमुख स्वकीय सचिवलाई नै संक्रमण पुष्टि भएपछि प्रधानमन्त्री कार्यालय तथा निवासमा उच्च सतर्कता अपनाइएको जनाइएको छ।