Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

१० खर्ब झ्याउँकिरीले अमेरिकामा आक्रमण गर्दै

१० खर्ब झ्याउँकिरीले अमेरिकामा आक्रमण गर्दै

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

बैशाख १, २०८१ शनिवार • ०५:३२:२१ बजे
  • 373
    SHARES
  • १० खर्ब झ्याउँकिरीले अमेरिकामा आक्रमण गर्दै

    यो अप्रिल महिनाको अन्त्य सम्ममा अमेरिकाका विभिन्न १६ वटा राज्यमा झ्याउँकिरीको आक्रमण हुनेवाला छ । अंग्रेजीमा सिकाडा भनिने झ्याउँकिरीका करीब १० खर्ब बथानले अमेरिकामाथि आक्रमण गर्नेछन् ।

    images

    त्यसबाट ठूलो परिमाणमा बालीनालीमा क्षति पुग्न सक्नेछ र यातायात समेत प्रभावित हुनसक्छ। झ्याउँकिरी विभिन्न दुईवटा वर्गका हुन्छन् । एउटा समूहको नाम ब्रूड चौधौं हो, जसलाई ग्रेट साउदर्न ब्रूड पनि भनिन्छ । त्यस्तै दोस्रो वर्ग चाहिं ब्रूड तेह्रौं हो । यसलाई नर्दन इलिनोय ब्रूड पनि भनिन्छ । डरलाग्दो के भने यसपटक यी दुई ब्रूड एकसाथ बाहिर निस्किंदैछन् । ब्रूड भनेको अण्डा वा बच्चा । केही दिनमै ती अण्डाबाट किरा निस्किएर उड्दछन् ।

    झ्याउँकिरी किराको प्रकोप हुने एउटा चक्र हुन्छ । अर्थात् निश्चित समयमा यी किरा बाहिर आउँछन् । तर, २२१ वर्षमा पहिलोपटक अहिले दुवै समूहका झ्याउँकिरी एकसाथ अमेरिकामा घुसपैठ गर्न लागेका हुन् । नर्दन इलिनोय ब्रूडले १७ वर्षमा एकटपक हमला गर्दछ । जबकि ग्रेट साउदर्न ब्रूडले हरेक १३ वर्षमा । यी किराहरु यसपटक २.५४ करोड वर्गकिलोमिटर क्षेत्रमा फैलिनेछन् । यहाँ हरेक एक इन्च क्षेत्रमा एउटा किराको उपस्थिति हुनेछ ।

    यी सबै किराहरुलाई हरेक एक इन्चको दूरीमा राख्दा त्यो यति लामो लाइन बन्नेछ कि पृथ्वीबाट ३३ पटक चन्द्रमामा ओहोर दोहोर गर्न सकिनेछ । झ्याउँकिरीले अमेरिकाको जंगल क्षेत्र, खेतबारी तथा हराभरा सबै ठाउँमा नोक्सान पूराउनेछन् । अप्रिल महिनाको अन्त्यमा यी किराहरु जमिन बाहिर निस्किनेछन् । यो पूर्णरुपमा तापक्रममा निर्भर गर्दछ । तर त्यसअघि हल्का वर्षा तथा आद्रता आवश्यक हुन्छ ।

    यी सबै वातावरणीय अनुकूलता हुँदा किराहरु तिव्र रुपमा बाहिर निस्किनेछन् । भोकाएका ती झ्याउँकिरीहरु सिधै बालीनाली, फलफूल तथा हरेक रुखहरुमाथि आक्रणमा उत्रिनेछन्, प्रजनन गर्नेछन् र बच्चालाई हुर्काउनेछन् । झ्याउँकिरीको आक्रमणबाट अमेरिकाको लुसियाना, दक्षिणी अर्कन्सस, अलाबामा, मिसिसिपी, उत्तरी जर्जिया, साउथ क्यारोलिना, टेनेसी, मिसौरी, इनिलोय, केन्टकी, इण्डियाना, विसकन्सिन तथा अयोवा राज्यहरु प्रभावित हुनेछन् ।

    यो आक्रमण अप्रिलको अन्तिमबाट सुरु भएर ६ हप्तासम्म जारी रहनेछ । यी झ्याउँकिरीहरुले मानिसलाई आक्रमण गर्ने तथा रोगब्याधी सार्ने आदि गर्दैनन् । तर निकै ठूलो आवाज निकाल्छन् । यिनीहरु न त राम्रोसँग उड्न जान्दछन्, न त राम्रोसँग कतै अवतरण गर्न नै । यिनीहरु यत्रतत्र खस्दछन् र खसेको ठाउँमा चिप्लो पदार्थ छाड्दछन् र फोहोर पनि गराउँछन् ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology