Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

नेपाली जनप्रगतिशिल मोर्चा कुवेतको प्रशिक्षण कार्यक्रम सम्पन्न

नेपाली जनप्रगतिशिल मोर्चा कुवेतको प्रशिक्षण कार्यक्रम सम्पन्न

चन्द्र गाेतामे

चन्द्र गाेतामे

बैशाख १, २०८१ शनिवार • १७:४९:५५ बजे
  • 4.6K
    SHARES
  • नेपाली जनप्रगतिशिल मोर्चा कुवेतको प्रशिक्षण कार्यक्रम सम्पन्न

    कुवेत- नेत्रविक्रम चन्द विप्लव नेतृत्व नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को वैदेशिक भातृ संगठन नेपाली जनप्रगतिशिल मोर्चा कुवेतको प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । 

    images

    IMG_2875.jpeg

    कुवेतस्थित फर्वानियामा नयाँ बर्ष २०८१ को अवसरमा मोर्चाले नेपालको समसामयिक राजनीति र सी जातिको बारेमा १२ अप्रिल दिन प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको संयोजक एसबी सीले जानकारी दिएका छन । अनलाईन भर्चुअल मार्फत नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य सन्तोष सीको प्रमुख आतिथ्यता तथा नेपाली जनप्रगतिशिल मोर्चा मध्यपूर्वका संयोजक रमेश सीको आतिथ्यमा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको हो ।

    नेपाली जनप्रगतिशिल मोर्चा कुवेतका संयोजक एसबी सीको संयोजनमा भएको उक्त कार्यक्रम कविता सीको सभापतित्व र जीवन सुनारको संचालनमा सम्पन्न भएको थियो । प्रशिक्षण कार्यक्रममा मध्यपूर्व संयोजक रमेश सीले मोर्चाको उदेश्य, काम, कर्तव्य र अधिकार बारेमा प्रष्ट पारेका थिए । प्रशिक्षण कार्यक्रमा सन्तोष सीले नेपालमा अन्य पार्टीले गर्न नसकेको काम नयाँ राजनीतिक धार अन्तर्गत बैज्ञानिक समाजवादी ब्यबस्था ल्याउन समाजवादी मोर्चा बनेको र त्यसको योजना तथा नेतृत्व नेपाल कम्युनिस्ट पार्टीको महासचिव बिप्लव सीले गरिरहेको बताए । जातीय, क्षेत्रीय, लिङ्गीय, वर्गीय र आर्थिक उत्पिडन अत्यधिक रहेको नेपालमा जातीय मुक्ति दिलाउनको लागि जात ब्यबस्था अन्त्य गर्ने उदेश्यले सी जाति र सी संस्कृतिको निर्माण गरिएको बताए । 

    उक्त कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टी बिदेश बिभाग सचिव शंकर सीको उपस्थित रहेको थियो । संयोजक एसबी सीले कुवेतमा कार्यरत नेपाली श्रमिक र नेपालको राजनीतिको समसामयिक विषयमा धारणा राखेका थिए । त्यसैगरी विश्वकर्मा एकता समाज नेपाल कुवेतका अध्यक्ष गम बहादुर सुनार, संरक्षक शिव घमालको समेत उपस्थिति रहेको थियो भने प्राविधिक सहयोगीमा मोर्चाका सदस्य झलक सिर्पाली रहेका थिए ।

  • सम्बन्धित विषय:

  • # राजनीति
  • चन्द्र गाेतामे

    चन्द्र गाेतामे मयूरपाटी डिजिटल पत्रिकाकाे कार्यकारी सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology