Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

वर्षाको चपेटामा दुबई, डुबानमा विमानस्थल

वर्षाको चपेटामा दुबई, डुबानमा विमानस्थल

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

बैशाख ५, २०८१ बुधवार • ०५:१७:४१ बजे
  • 937
    SHARES
  • वर्षाको चपेटामा दुबई, डुबानमा विमानस्थल

    संयुक्त अरब इमिरेट्स (यूएई) र आसपासका देशमा मंगलबार मुसलधारे वर्षा भएको छ ।

    images

    भारी वर्षाका कारण युएईका कयौँ स्थान पानीमा डुबेका छन् । बाढीका कारण कयौँ सरहमा जाम भएको छ । छिमेकी देश ओमानमा मुसलधारे वर्षासँगै आएको बाढीका कारण १८ जनाको मृत्यु भएको छ ।

    बाढीको सबैभन्दा धेरै असर दुबईको ट्राफिकमा देखिएको छ । सडक यातायात देखि हवाई यातायातमा समेत समेत अवरोध उत्पन्न भएको छ । दुबईको विमानस्थल पानीमा डुबेका छन् । कयौँ उडान रद्द भएका छन् । यस अघि सोमबार ने दुबई प्रहरीले खराब मौसमप्रति सर्तक रहन सर्वसाधारणहरूका लागि सुरक्षा एड्भाइजरी जारी गरेको थियो ।

    युएईको मौसम विभागले दुबई, आबुधाबी सहित कयौँ ठुला सहरमा आगामी २४ घन्टनाभित्र भारी वर्ष हुने चेतावनी दिएको थियो । आइतबार र सोमबार ओमानको विभिन्न हिस्सामा अचानक आएको बाढीका कारण कम्तीमा १७ जनाको मृत्यु भएको ओमानको राष्ट्रिय विपद् व्यवस्थापन समितिले बताएको थियो । देशको विविध हिस्सामा भारी वर्षा जारी छ ।

    मौसम बुधबारसम्म खराब रहने बताइएको छ । गएको वर्ष पनि नोभेम्बरमा दुबईमा मुसलधारे वर्षाका कारण सहर बाढीमा डुबेको थियो । स्थिति बिग्रदै गएपछि अधिकारीहरूले सर्वसाधारणलाई समुद्रको किनारमा जानै रोक लगाउनु परेको थियो ।

  • सम्बन्धित विषय:

  • # वर्षाको चपेटामा दुबई
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology