Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

इजरायलले सुरु गर्‍यो इरानमाथि हमला

इजरायलले सुरु गर्‍यो इरानमाथि हमला

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

बैशाख ७, २०८१ शुक्रवार • ०५:५३:१७ बजे
  • 463
    SHARES
  • इजरायलले सुरु गर्‍यो इरानमाथि हमला

    इजरायलले इरानमा मिसाइल आक्रमण गरेको छ । इरानको सरकारी मिडियाका अनुसार इजरायलको आक्रमण पछि एयर डिफेन्स सिस्टमलाई प्रान्तहरुमा सकृय बनाइएको छ ।

    images

    इरानको समाचार एजेन्सीका अनुसार उत्तर पश्चिमी शहर इस्फहान लगायतका प्रान्तहरुमा शुक्रबार बिहान विष्फोटको आवाज सुनिएको छ । इस्फहानमा इरानी सेनाको ठूलो एयर बेस छ ।

    परमाणु हतियारसँग सम्बन्धित स्थानहरु पनि यही क्षेत्रमा छन् । गत १ अप्रिलमा सिरियाको राजधानी दमास्कसमा रहेको इरानको वाणिज्य दूतावासमा इजरायलले हवाई आक्रमण गर्दा सैन्य कमाण्डरसहित ७ जनाको मृत्यु भएपछि दुई देशबीच तनाव बढेको थियो ।

    त्यो हत्याको बदलास्वरुप इरानले एक साता अघि इजरायलमा हवाइ हमला गरेको थियो । त्यसपछि रुष्ट इजरायलले इरानमाथि आक्रमण सुरु गरेको हो । इजरायल र इरानबीच बढ्दो तनावले विश्वभर तरंग सिर्जना भएको छ ।

  • सम्बन्धित विषय:

  • # इरानमाथि हमला
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology