Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

नेपाली जन-प्रगतिशील मञ्च कुवेतको पाँचौ राष्ट्रिय अधिवेशन केन्द्रीय नेताको उपस्थितिमा जुन ७ मा हुने

नेपाली जन-प्रगतिशील मञ्च कुवेतको पाँचौ राष्ट्रिय अधिवेशन केन्द्रीय नेताको उपस्थितिमा जुन ७ मा हुने

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

बैशाख ७, २०८१ शुक्रवार • १९:३३:२५ बजे
  • 2.0K
    SHARES
  • नेपाली जन-प्रगतिशील मञ्च कुवेतको पाँचौ राष्ट्रिय अधिवेशन केन्द्रीय नेताको उपस्थितिमा जुन ७ मा हुने

    नेपाली जन-प्रगतिशील मञ्च कुवेतको पाँचौ राष्ट्रिय अधिवेशन आगामी जुन ७ तारिक २०२४ शुक्रबारका दिन  आयोजना हुने भएको छ । 

    images

    मञ्चको आज १९ अप्रिल २०२४ शुक्रबारका दिन बसेको बैठकले नेपालबाट केन्द्रीय नेतालाइ अतिथिको रूपमा कुवेतमा ल्याइ अधिवेशन सम्पन्न गर्ने निर्णय गरेको मञ्चका अध्यक्ष मन बहादुर भुजेल मगरले मिडियालाइ जानकारी दिएका हुन् ।

    मञ्चको पाँचौ राष्ट्रिय अधिवेशन सम्पन्न गर्न अध्यक्ष मन बहादुर भुजेल मगरको नेतृत्वमा भेला आयोजक मुल समिति बनाएर कार्यक्रमको तयारी गर्ने निर्णय गर्दै कुवेतमा कार्यरत सम्पुर्ण श्रमिक साथीहरूलाइ सम्पर्कमा अाउन पनि मञ्चले आह्वान गरेको छ । नेपालबाट आउने केन्द्रीय नेता तथा कार्यक्रम सम्पन्न गर्ने हलको तय नभइ सकेको बतउँदै केन्द्रीय प्रतिनीधि र हलको तय भएपछि जानकारी गराउने पनि अध्यक्ष मगरले बताएका छन् ।

    मञ्चले पाँचाै राष्ट्रिय अधिवेशनलाइ भव्य र सभ्य रूपमा सम्पन्न गर्न नेपाली राजदूतावास कुवेत, गैरआवासिय नेपाली संघ राष्ट्रिय समन्वय समिति कुवेत लगायत कुवेतमा कृयाशिल संघ संस्था, पत्रकार, समाजसेवी, वुद्धिजीवि, खेलाडी, कलाकार लगायत कुवेतमा कार्यरत सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरूलाइ मञ्चको पाँचाै राष्ट्रिय भेलामा उपस्थितिको लागि हार्दिक निमन्त्रणा गर्दै उक्त दिन कुवेतमा कृयाशिल कुनै पनि संघ संस्थालाइ कार्यक्रम नजुधाइदिन पनि मञ्चले हार्दिक अनुरोध गरेको छ ।

    “संसारभरका मजदुरहरू एक हौं“ भन्ने नाराका साथ सन २०११ मा गठन भइ कृयाशिल रहेको मञ्चले प्रवासी श्रमिकहरूका हक, हित र अधिकारका विषयमा पैरवी गर्दै विभिन्न किसिमले अप्ठेरोमा परेका श्रमिकहरूको उद्दारका कार्यहरू गर्दै आएको छ भने केन्द्रको नीति निर्देशन तथा समन्वयमा प्रवासबाट केन्द्रमा सहयोग गर्दै आएको छ । मञ्चले प्रवासमा रहेर पार्टी केन्द्रको नीति निर्देशनलाई पालना गर्दै पार्टी प्रति आस्थावानहरुलाई गोलबद्ध गर्दै संगठन बिस्तार गर्ने, प्रवासी श्रमिकहरुका हक हितमा कार्य गर्दै कुवेतमा रहेका अन्य संघ सँस्थाहरुसँग हातेमालो गर्दै सहकार्य गर्दै र मातृभूमि नेपालमा घटेका बिभिन्न प्रकोपमा पार्टी केन्द्र मातहत रहेर राहत सहयोगका कार्यहरु गर्दै आएको छ ।

    कार्यक्रम विवरण
    कार्यक्रमः नेपाली जन-प्रगतिशील मञ्च कुवेतको पाँचाै राष्ट्रिय अधिवेशन ।
    मितिः ७ जुन २०२४ शुक्रबार ।
    स्थानः तय नभइसकेको
    समयः दिनको ठिक ११ बजे ।

  • सम्बन्धित विषय:

  • # राजनीति
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology