Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

गायक अनिल कोयु राईको साथमा खोटाङ-कुवेत सम्पर्क मञ्चको छैठौं अधिवेशन मे २४ मा हुने

गायक अनिल कोयु राईको साथमा खोटाङ-कुवेत सम्पर्क मञ्चको छैठौं अधिवेशन मे २४ मा हुने

चन्द्र गाेतामे

चन्द्र गाेतामे

बैशाख ११, २०८१ मंगलवार • ०६:०६:०२ बजे
  • 1.2K
    SHARES
  • गायक अनिल कोयु राईको साथमा खोटाङ-कुवेत सम्पर्क मञ्चको छैठौं अधिवेशन मे २४ मा हुने

     

    images

    कुवेत - गायक तथा संगीतकार अनिल कोयु राईको साथमा खोटाङ-कुवेत सम्पर्क मञ्चको छैठौं अधिवेशन आगामी २४ मे २०२४ मा हुने भएको छ । 
     
    कुवेतको नेपाली समाजमा सन् २०११ मा 'भाषा अनि संस्कृतिमा विविधता, विकाश निर्माणमा हाम्रो एकेबद्धता' भन्ने मुल नाराका साथ स्थापना भएको मन्चले खैतानस्थित राजधानी होटलमा नेपालबाट अतिथि कलाकार ल्याई छैठौं अधिवेशन गर्न लागिएको मन्चले जानकारी दिएको छ ।

    उक्त दिन हुने कार्यक्रममा कुवेतमा कृयाशिल सम्पूर्ण नेपाली संघ संस्थाका पदाधिकारी, बुद्धिजिवि, समाजसेवी, पत्रकार, कलाकार, खेलाडी साथै सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुलाई कार्यक्रममा सहभागी जनाई कार्यक्रमलाई सफल बनाउनको लागि आयोजकले अनुरोध गरेको छ।

    कार्यक्रम : सांगीतिक तथा छैठौं अधिवेशन 
    मिति : २४ मे २०२४ शुक्रबार
    समय: बिहानको ठिक १०:०० बजे
    स्थान: खैतानको राजधानी होटल
    आयोजक : खोटाङ-कुवेत सम्पर्क मञ्च

  • सम्बन्धित विषय:

  • # प्रवास
  • चन्द्र गाेतामे

    चन्द्र गाेतामे मयूरपाटी डिजिटल पत्रिकाकाे कार्यकारी सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology