कुवेत - नेपाली काङ्ग्रेसको प्रवासी भातृ संगठन नेपाली जनसम्पर्क समिति कुवेतको २४ मे २०२४ मा हुने भनिएको चौथो अधिवेशनको मिति सरेको छ ।
समितिको सभापति राजेन्द्र बिरहीको अध्यक्षतामा शुक्रवार सम्पन्न बैठकले अधिवेशन समारोह विविध कारणवश आगामी २१ जुन २०२४ हुने सभापतिले जानकारी दिएका छन ।
कुवेतस्थित शेफ नौशाद समारोह हल, फर्वानियामा समितिको अधिवेशन हुने र अधिवेशनमा केन्द्रबाट उपस्थिति हुने केन्द्रीय प्रतिनिधिको छिट्टै तुङ्गो लगाएर जानकारी दिने सभापति बिरहीले बताएका छन । अधिवेशन समारोह सफल बनाउन तीन सदस्यीय संयोजक समिति समेत गठन गरेको छ । समितिको संयोजकमा प्रदिप कार्की , सह-संयोजकमा मदन पनेरु र सदस्यमा जिवन निरौला रहेका छन ।
कुवेतको नेपाली समाजमा जनसम्पर्क समिति कुवेतको स्थापना सन् २०११ मा भएको हो । जनसम्पर्क समिति कुवेतले नेपालको विभिन्न ठाउँबाट रोजगारीको सिलसिलामा कुवेतमा आई कार्यरत नेपालीहरु नेपाली कांग्रेससंग आस्थावान् सबैलाई संगठित गर्दै, यहाँ कृयाशिल सबै संघ-संस्थासंग सहकार्य र समन्वय गर्दै नेपालीहरुका समस्या समाधानका लागि संगठनात्मक ढँगबाट पहल गर्ने लगायतका कार्यहरु गर्दै आएको छ ।
कुवेतमा कार्यरत रही समाजवादी-लोकतान्त्रीक राजनीतिक प्रति आस्थावान् साथै नेपाली संघ-संस्था, बुद्धिजिवी, भद्रभलाद्मी, समाजसेवी, पत्रकार, कलाकार, खेलाडी लगायत सम्पूर्ण नेपाली दाजुभाई तथा दिदिबहिनीहरुलाई गरिमामय उपस्थितिको लागि जनसम्पर्क समिति कुवेतले अनुरोध गरेको छ ।
अधिवेशन समारोह हुने स्थान, मिति र समय निम्न रहेको छ ।
स्थान: शेफ नौशाद समारोह हल, फर्वानिया
मिति: जुन-२१, २०२४
समय: बिहान ११ बजे