Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

नेपाल कुवेत सरोकार समाजको पाचौं सांगीतिक धमाका मे ३१ मा हुने

नेपाल कुवेत सरोकार समाजको पाचौं सांगीतिक धमाका मे ३१ मा हुने

चन्द्र गाेतामे

चन्द्र गाेतामे

बैशाख १६, २०८१ आइतवार • १२:४२:३९ बजे
  • 1.4K
    SHARES
  • नेपाल कुवेत सरोकार समाजको पाचौं सांगीतिक धमाका मे ३१ मा हुने

    कुवेत - नेपाल कुवेत सरोकार समाजको पाचौं सांगीतिक धमाका नेपालका राष्ट्रिय ख्याति प्राप्त कलाकार शिव परियार र रचना रिमालको साथमा हुने भएको छ । 

    images

    कुवेतस्थित जिलिबको इन्डियन स्कुल संगै रहेको स्पायर स्कुलको सभाहलमा ख्याति प्राप्त गायक शिव परियार र गायिका रचना रिमालको साथमा ३१ मे २०२४ शुक्रवारको दिन पाचौं सांगीतिक धमाका गर्न लागिएको कार्यक्रम संयोजक दामोदर बटलाले जानकारी दिएका छन । 

    कुवेत सरकारले प्यालेस्टाइनप्रति एक्यबद्द्ता जनाउदै अनिश्चितकालका लागि सांगीतिक कार्यक्रम स्थगित साथै अन्य ठुला कार्यक्रम नगर्ने घोषणा गरेकाले समाजले २४ नोभेम्बर २०२३ मा हुने कार्यक्रम स्थगित गरेको थियो । कुवेत नगरीमा सन् २०१४  मा 'समाज र देश निर्माणका लागि यूवा एकता' भन्ने मुल नाराका साथ स्थापना भएको सस्थाले  पहिलो, दोश्रो, तेश्रो र चौथो सांगीतिक धमाका चर्चित कलाकारको साथमा सम्पन्न गरिसकेको छ । 
     
    सो कार्यक्रममा स्थानीय कलाकारको समेत सांगीतिक प्रस्तुती रहने छ । कुवेतको नेपाली समाजमा स्थापना  कालदेखी नै बिभिन्न सामाजिक कार्यमा समाज सक्रिय छ । उक्त दिन हुने कार्यक्रममा कुवेतमा कृयाशिल सम्पूर्ण नेपाली संघ - संस्थाका पदाधिकारी, बुद्धिजिवि, समाजसेवी, पत्रकार, कलाकार, खेलाडी साथै सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुलाई कार्यक्रममा उपस्थितिको लागि अनुरोध गर्दै उक्त दिन कुनै पनि संघ - संस्था वा व्यक्ति विशेषले कार्यक्रम नजुधाईदिन समेत आयोजकले अनुरोध गरेको छ ।


    
कार्यक्रमको विवरण :


    मितिः ३१ मे २०२४ 


    स्थान: स्पायर इन्डियन स्कुल जिलिब


    समयः बिहान ११ बजे देखी 


    आयोजक : नेपाल कुवेत सरोकार समाज

  • सम्बन्धित विषय:

  • # प्रवास
  • चन्द्र गाेतामे

    चन्द्र गाेतामे मयूरपाटी डिजिटल पत्रिकाकाे कार्यकारी सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology