Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

नेपाली जनसम्पर्क समिति कुवेतको चौथो अधिवेशन आगामी जुन २१ मा हुने

नेपाली जनसम्पर्क समिति कुवेतको चौथो अधिवेशन आगामी जुन २१ मा हुने

चन्द्र गाेतामे

चन्द्र गाेतामे

बैशाख १६, २०८१ आइतवार • १३:०६:५५ बजे
  • 1.1K
    SHARES
  • नेपाली जनसम्पर्क समिति कुवेतको चौथो अधिवेशन आगामी जुन २१ मा हुने

    कुवेत - नेपाली काङ्ग्रेसको प्रवासी भातृ संगठन नेपाली जनसम्पर्क समिति कुवेतको २४ मे २०२४ मा हुने भनिएको चौथो अधिवेशनको मिति सरेको छ ।

    images

    समितिको सभापति राजेन्द्र बिरहीको अध्यक्षतामा शुक्रवार सम्पन्न बैठकले अधिवेशन समारोह विविध कारणवश पहिले तोकिएको मितिमा सम्पन्न गर्न असमर्थ भएकाले आगामी २१ जुन २०२४ हुने सभापतिले जानकारी दिएका छन । 

    कुवेतस्थित शेफ नौशाद समारोह हल,  फर्वानियामा समितिको अधिवेशन हुने  र अधिवेशनमा केन्द्रबाट उपस्थिति हुने केन्द्रीय प्रतिनिधिको छिट्टै तुङ्गो लगाएर जानकारी दिने सभापति बिरहीले बताएका छन । अधिवेशन समारोह सफल बनाउन तीन सदस्यीय  संयोजक समिति समेत गठन गरेको छ । समितिको संयोजकमा प्रदिप कार्की , सह-संयोजकमा मदन पनेरु र सदस्यमा जिवन निरौला रहेका छन ।

    कुवेतको नेपाली समाजमा जनसम्पर्क समिति कुवेतको स्थापना सन् २०११ मा भएको हो । जनसम्पर्क समिति कुवेतले नेपालको विभिन्न ठाउँबाट रोजगारीको सिलसिलामा कुवेतमा आई कार्यरत नेपालीहरु नेपाली कांग्रेससंग आस्थावान् सबैलाई संगठित गर्दै, यहाँ कृयाशिल सबै संघ-संस्थासंग सहकार्य र समन्वय गर्दै नेपालीहरुका समस्या समाधानका लागि संगठनात्मक ढँगबाट पहल गर्ने लगायतका कार्यहरु गर्दै आएको छ ।

    कुवेतमा कार्यरत रही समाजवादी-लोकतान्त्रीक राजनीतिक प्रति आस्थावान्  साथै नेपाली संघ-संस्था, बुद्धिजिवी, भद्रभलाद्मी, समाजसेवी, पत्रकार, कलाकार, खेलाडी लगायत सम्पूर्ण नेपाली दाजुभाई तथा दिदिबहिनीहरुलाई गरिमामय उपस्थितिको लागि जनसम्पर्क समिति कुवेतले अनुरोध गरेको छ ।

    अधिवेशन समारोह हुने स्थान, मिति र समय निम्न रहेको छ ।
    स्थान: शेफ नौशाद समारोह हल, फर्वानिया
    मिति: जुन-२१, २०२४
    समय: बिहान ११ बजे

  • सम्बन्धित विषय:

  • # राजनीति
  • चन्द्र गाेतामे

    चन्द्र गाेतामे मयूरपाटी डिजिटल पत्रिकाकाे कार्यकारी सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology