Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

अप्रिलमा १ लाख ११ हजार विदेशी पर्यटक भित्रिए

अप्रिलमा १ लाख ११ हजार विदेशी पर्यटक भित्रिए

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

बैशाख २०, २०८१ बिहिवार • १३:००:२१ बजे
  • 796
    SHARES
  • अप्रिलमा १ लाख ११ हजार विदेशी पर्यटक भित्रिए

    सन् २०२४ को अप्रिल महिनामा १ लाख ११ हजार ३७६ जना विदेशी पर्यटक नेपाल भित्रिएका छन् ।

    images

    २०२३ को अप्रिलमा ९८ हजार ७७३ जना भित्रिएकोमा पछिल्लो वर्ष १२.७६ प्रतिशत पर्यटक आगमन वृद्धि भएको हो । यस्तो आगमन प्रि–कोभिड ( सन् २०१९) को तुलनामा १.८१ प्रतिशतले वृद्धि भएको छ ।

    सन् २०१९ को अप्रिलमा १ लाख ९ हजार ३९९ जना पर्यटक नेपाल भित्रिएका थिए । योसँगै सन् २०२४ को ४ महिनामा नेपाल भित्रिने विदेशी पर्यटकको संख्या ४ लाख १६ हजार ६९ पुगेको छ । नेपाल पर्यटन बोर्डकाअनुसार अप्रिल महिनामा भित्रिएको कूल पर्यटक मध्ये ३० हजार १५८ जना भित्रिएका छन् ।

    यो कूल संख्याको २७.०७७ प्रतिशत हो । यसैगरी संयुक्तराज्य अमेरिकाबाट यसै अवधिमा ९ हजार ९४७ जना, चीनबाट ९ हजार ७५० जना, आयरल्याण्डबाट ५ हजार ३९१ जना भित्रिएका छन् ।

    अस्ट्रेलियाबाट ४ हजार ११० जना भित्रिएकोमा यसै अवधिमा बंगलादेशबाट ४ हजार ३ जना, फ्रान्सबाट ३ हजार ७५५ जना, जर्मनीबाट ३ हजार २७० जना, रुसबाट २ हजार ९७७ जना र मलेसियाबाट २ हजार ३१० जना भित्रिएको बोर्डले जनाएको छ ।

  • सम्बन्धित विषय:

  • # विदेशी पर्यटक भित्रिए
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology