Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

साउन ७ सम्म अहिलेकै लकडाउन लम्ब्याउने निर्णय, ‘एसएमएस’ अनिवार्य

साउन ७ सम्म अहिलेकै लकडाउन लम्ब्याउने निर्णय, ‘एसएमएस’ अनिवार्य

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ १६, २०७७ मंगलवार • ०२:५८:३५ बजे
  • 1.4K
    SHARES
  • साउन ७ सम्म अहिलेकै लकडाउन लम्ब्याउने निर्णय, ‘एसएमएस’ अनिवार्य

    १५ असार, काठमाडौं । सरकारले लकडाउनको अहिलेको मोडललाई साउन ७ गतेसम्म निरन्तरता दिने निर्णय गरेको छ । मन्त्रिपरिषदकोसोमबार बसेको बैठकले अहिलेकै मोडलको लकडाउनलाई निरन्तरता दिने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।

    images

    ‘प्रदेश, जिल्ला र स्थानीय तहले ठाउँअनुसार कडाई र खुकुलो बनाउन सक्छन्, तर निर्णय गर्दा केन्द्रसँग समन्वय गर्नुपर्छ’ एक मन्त्रीलेभनेका छन् यो निर्णयअनुसार साउन ७ सम्म सार्वजनिक सवारी साधन चल्ने छैनन्  निजी सवारीसाधन जोर विजोर प्रणालीमा चल्नेछन् ।

    उद्दार बाहेकका सबै हवाई उडान बन्द हुनेछन् । विद्यालय तथा शैक्षिक संस्थाहरू पनि बन्द नै रहनेछन् ।

    सभा समारोह, प्रदर्शन गर्न पाइने छैन भने सिनेमा हल, डान्सबार, पुस्तकालय, संग्रहालय, समूहमा खेलिने खेल, स्वीमिङ पुलहरू पनिखुला हुने छैनन् । सरकारले तोकेका २० बाहेक अरू अन्तर्राष्ट्रिय सीमा नाका पनि बन्द नै रहनेछ ।

    रेस्टुरेन्टहरू प्याकिङ र टेक अवे सेवा दिने गरी खुला गर्न सकिनेछ भने क्वारेन्टिन बनाइएका बाहेकका होटलहरू बन्द नै रहनेछन् ।

     

    ‘एसएमएस’ अनिवार्य

    लकडाउन खुकुलो भएपपछि जनजीवन सामान्य बन्दै गएको तर स्वास्थ्य सुरक्षा मापदण्ड पालना नभएको सरकारको निष्कर्ष छ ।बैठकले एसएमएस अर्थात सोसल डिस्ट्यान्स, मास्क र स्यानिटाइजरलाई कडाईपूर्वक लागू गर्ने निर्णय गरेको छ ।

    काठमाडौं उपत्यकामा पनि संक्रमितको संख्या बढेकाले नाकाहरुमा कडाई गर्ने निर्णय भएको एक मन्त्रीले बताए ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार सोमबारसम्म ससँगै संक्रमितको संख्या १३ हजार २४८ पुगेको छ । उनीहरूमध्ये २९ जनाकोमृत्यु भएको छ भने ३ हजार १३४ जना निको भएका छन् ।

    स्रोत अनलाईन खबर 

  • सम्बन्धित विषय:

  • # कोभिड-१९
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology