Logo

बिहिवार, कार्तिक १३ गते २०८३

images
images

कुवेतमा नेपाली कथानक चलचित्र 'मनसरा' भोलीदेखि प्रदर्शन हुदै

कुवेतमा नेपाली कथानक चलचित्र 'मनसरा' भोलीदेखि प्रदर्शन हुदै

चन्द्र गाेतामे

चन्द्र गाेतामे

बैशाख २६, २०८१ बुधवार • १५:१३:२८ बजे
  • 1.2K
    SHARES
  • कुवेतमा नेपाली कथानक चलचित्र 'मनसरा' भोलीदेखि प्रदर्शन हुदै

    कुवेतमा नेपाली कथानक चलचित्र ‘मनसरा’ भोलीदेखि प्रदर्शनमा आउने भएको छ  । 

    images

    कुवेतस्थित खैतानको ओजन सिनेमा हलमा ९ मे बिहीवारदेखि १५ मे बुधवारसम्म मध्याह्न ३:३० र साझ ६:३० बजे दैनिक दुई शो लाग्ने निरेम प्रोडक्सनले बताएको छ । उपेन्द्र सुब्बाको लेखन तथा निर्देशन रहेको चलचित्र सोसल –ड्रामामा आधारित छ । चलचित्रले नेपाली बक्स अफिसमा राम्रै चर्चा कमाइरहेको छ ।

    IMG_3101.jpeg

    कुवेतका लागि सेभेन सिसको सहकार्यमा निरेम प्रोडक्सनले नेपाली कथानक चलचित्र 'मनसरा' प्रदर्शन गर्न लागेको हो । चलचित्रमा दयाहाङ राई, मिरुना मगर, प्रविण खतिवडा र मेनुका प्रधानको मुख्य अभिनय रहेको छ । चर्चित कवि विप्लव प्रतीक पनि फिल्ममा देखिएका छन् । एक्टरको रुपमा यो उनको डेब्यु फिल्म हो । सिनेमाका निर्माता छायाँकार शैलेन्द्रध्वज कार्की हुन् । यस्तै विष्णकुमार लिम्बू, मनोरथ पोखरेल, पर्शु अधिकारी, पिटर गुरुङ तथा जीवन लिम्बू थाक्लुङ सह–निर्माता हुन् ।

    निर्देशक सुब्बाले पूर्वी नेपालको जातीय, सांस्कृतिक, सामाजिक र लैंगिक पक्षलाई चलचित्रमा प्रस्तुत गरेका छन् । उनले पहिलो पटक निर्देशन गरेको ‘जारी’ चलचित्र पनि व्यावसायिक रुपमा ब्लकबस्टर भएको थियो ।

  • सम्बन्धित विषय:

  • # मनाेरञ्जन
  • चन्द्र गाेतामे

    चन्द्र गाेतामे मयूरपाटी डिजिटल पत्रिकाकाे कार्यकारी सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology