Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

१८ वर्षपछि दरबाङमा कालोपत्रे

१८ वर्षपछि दरबाङमा कालोपत्रे

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

बैशाख २७, २०८१ बिहिवार • ०४:४१:३३ बजे
  • 394
    SHARES
  • १८ वर्षपछि दरबाङमा कालोपत्रे

    म्याग्दीको मालिका गाउँपालिका–६ दरबाङको उपल्लो बजारको बाटो १८ वर्षपछि कालोपत्रे भएको छ । पूर्वाधार विकास कार्यालयले उपल्लो दरवाङको जनप्रिय माविको भवनदेखि बेनी–दरबाङ सडकमा जोडिने उपल्लो दरबाङ बजारको भित्री सडक कालोपत्र गरेको हो ।

    images

    उपल्लो दरबाङका बासिन्दा हीराबहादुर पुनले करिब २ दशकअघि खुलेको उपल्लो दरबाङको सडक कालोपत्र भएपछि हिलो र धुलोबाट मुक्ति मिलेको बताए ।

    ‘बर्खामा हिलो र हिउँदमा धुलोले सताएको थियो’, उनले भने, ‘सडक कालोपत्र भएपछि स्थानीयवासीलाई सहज भएको छ ।’ तीव्ररुपमा बस्ती विकास भइरहेको उपल्लो दरबाङमा २०६३ मा स्थानीयबासी र तत्कालीन गाविसको बजेटबाट सडक खोलिएको थियो । यहाँ एक सय घर छन् ।

    उपल्लो दरबाङको सडक कालोपत्र गर्न गण्डकी प्रदेश सरकारको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थापन मन्त्रालयले चालु आर्थिक वर्ष २०८०/०८१ मा ६५ लाख रुपैयाँ बजेट विनियोजन भएको थियो । गत पुसमा ५८ लाख रुपैयाँमा ठेक्का सम्झौता गरेको सक्षम निर्माण सेवाले २५० मिटर दूरीमा प्रिमिक्स प्रविधिको कालोपत्र र एक सय मिटरमा पक्की नाली निर्माण गरिसकेको पूर्वाधार विकास कार्यालय म्याग्दीका सव इञ्जिनियर रविन चोखालले बताए ।

    मालिका गाउँपालिकाले सो सडकमा यसअघि करिब ४ सय मिटर पक्की नाली निर्माण गरेको थियो । यसअघि गाउँपालिकाको कार्यालयदेखि वडा कार्यालय र उपल्लो दरबाङ जोड्ने सडक ढलान गरिएको थियो ।

  • सम्बन्धित विषय:

  • # दरबाङमा कालोपत्रे
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology