Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

९ महिनामा भित्रियो पौने ११ खर्ब रेमिट्यान्स

९ महिनामा भित्रियो पौने ११ खर्ब रेमिट्यान्स

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

बैशाख ३०, २०८१ आइतवार • ०७:५६:४० बजे
  • 988
    SHARES
  • ९ महिनामा भित्रियो पौने ११ खर्ब रेमिट्यान्स

    चालु आर्थिक वर्ष (आव) २०८०/८१ को ९ महिना (साउन–चैत) मा पौने ११ खर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । नेपाल राष्ट्र बैंकका अनुसार चैतसम्म १० खर्ब ८२ अर्ब ६२ करोड रुपैयाँ रेमिट्यान्स आएको हो ।

    images

    चैत महिनामा मात्र १ खर्ब २१ अर्ब ४० करोड रुपैयाँ रेमिट्यान्स आएको राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकका अनुसार चैतसम्म अघिल्लो वर्षको यसै अवधिको तुलनामा १९.८ प्रतिशतले रेमिट्यान्स बढेको छ ।

    अघिल्लो वर्षको तुलनामा वृद्धिदर भने केही कम भएको छ । अघिल्लो वर्ष यस अवधिमा रेमिट्यान्स २४.२ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह १७.७ प्रतिशतले बढेको छ ।

    यस अवधिमा ८ अर्ब १५ करोड डलर विप्रेषण आएको हो । अघिल्लो वर्ष अमेरिकी डलरमा विप्रेषण १३.९ प्रतिशतले बढेको थियो । नेपाल राष्ट्र बैंकका अनुसार यस अवधिमा वैदेशिक रोजगारीमा जानेको संख्यामा कमी आएको छ । यस अवधिमा संस्थागत रुपमा श्रम स्वीकृति लिनेको संख्या ३ लाख २९ हजार ४२२ रहेको छ ।

    अघिल्लो वर्ष यो संख्या ३ लाख ८७ हजार ८३९ जना रहेको थियो । यो अवधिमा व्यक्तिगत श्रम स्वीकृति लिनेको संख्या २ लाख १२ हजार ७२१ रहेको छ । अघिल्लो वर्ष यो संख्या २ लाख १७ हजार ९५९ रहेको थियो ।

  • सम्बन्धित विषय:

  • # ११ खर्ब रेमिट्यान्स
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology