Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

इजरायली सेना र हमास लडाकुबिच भीषण संघर्ष

इजरायली सेना र हमास लडाकुबिच भीषण संघर्ष

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

जेठ १, २०८१ मंगलवार • ०४:०८:०६ बजे
  • 691
    SHARES
  • इजरायली सेना र हमास लडाकुबिच भीषण संघर्ष

    उत्तरी गाजाको जबलियामा इजरायली सेना र हमास लडाकुहरूबिच भीषण द्वन्द्व भइरहेको छ ।

    images

    हमास लडाकुहरू फेरि जबलियामा भेला भएको र उनीहरूलाई हटाउने उद्देश्यले आफूहरू त्यहाँ पुगेको इजरायलले बताएको छ। युद्धका कारण विस्थापितहरूले जबलियाको शरणार्थी शिविरतर्फ ट्याङ्कहरू जाँदै गरेको आफूहरूले देखेको बताएका थिए ।

    जबलियामा शनिबारदेखि भारी बम विस्फोट भइरहेको छ। प्यालेस्टिनी सशस्त्र समूहहरूले त्यहाँको शरणार्थी शिविरहरूमा इजरायली सैनिकहरूसँग लडिरहेको बताइएको छ।

    यसैबिच, संयुक्त राष्ट्रसंघले हालसम्म ३ लाख ६० हजार मानिस रफाहबाट विस्थापित भएको जनाएको छ । गत हप्तादेखि इजरायलले यहाँ आफ्नो कारबाहीलाई तीव्र पारेको थियो।

    कम्तीमा १० लाख प्यालेस्टिनी शरणार्थीहरू यहाँ बसिरहेका छन्। इजरायली सेनाले रफाहलाई खाली गर्न भनेको थियो।

  • सम्बन्धित विषय:

  • # लडाकुबिच भीषण संघर्ष
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology