Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

खडेरीले पनि रोकेन मेहनती किसानलाई

खडेरीले पनि रोकेन मेहनती किसानलाई

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

जेठ १, २०८१ मंगलवार • ०४:१९:१२ बजे
  • 670
    SHARES
  • खडेरीले पनि रोकेन मेहनती किसानलाई

    गुल्मीको सेउघामा ९ महिने खडेरीमा पनि तरकारी खेती गरेर स्थानीय किसानले मनग्गे आम्दानी गरेका छन् ।

    images

    रेसुंगा नगरपालिका–४, सेउघाका झवी पाण्डे र चुरा कुँवरले खडेरीको समयमा पनि तरकारी उत्पादन गरेर मनग्गे आम्दानी गरेका हुन् ।

    पाण्डे र कुँवर मिलेर पछिल्लो केही वर्ष यता सेउघाको डाँडामा २० रोपनी जग्गा भाडामा लिएर तरकारी खेती गर्दै आएका छन् । भगवती कृषि फर्म दर्ता गरेर पाण्डे र कुँवरले यही सिजनमा मात्रै बन्दा, सिमी, काँक्रो, बोडी, फर्सी लगायतका तरकारी उत्पादन गरेका छन् ।

    यो सिजनमा उत्पादित तरकारीले राम्रो मूल्य पनि पाएको छ । कृषक झवी पाण्डे सामाजिक कार्यसँगै तम्घास बजारमा खाद्यान्न पसल पनि गर्दछन् । उनले व्यवसायबाट मात्रै वार्षिक २ लाख रुपैयाँभन्दा बढी कर बुझाउने गरेको बताउँछन् । खाली समय सदुपयोग गरेर काम गर्दा ताजा तरकारी आफैंले पनि खान पाइने र बिक्री गरेर आम्दानी पनि हुने उनले सुनाए ।

    मौसमी र बेमौसमी तरकारी उत्पादन गर्दै आएका पाण्डे र कुँवरले कृषि फर्ममा स्थानीय ४ जनालाई रोजगारी समेत दिएका छन् । उनीहरुले उत्पादन गरेको तरकारी तम्घास बजारमा बिक्री हुने गरेको छ ।

  • सम्बन्धित विषय:

  • # मेहनती किसानलाई
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology