Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

इरानी राष्ट्रपतिको हेलिकोप्टर दुर्घटना, कोही पनि बाँचेको संकेत छैन

इरानी राष्ट्रपतिको हेलिकोप्टर दुर्घटना, कोही पनि बाँचेको संकेत छैन

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

जेठ ७, २०८१ सोमवार • ०४:२२:०२ बजे
  • 1.0K
    SHARES
  • इरानी राष्ट्रपतिको हेलिकोप्टर दुर्घटना, कोही पनि बाँचेको संकेत छैन

    इरानका राष्ट्रपति इब्राहिम रैसी सवार हेलिकप्टर दुर्घटना भएको स्थानमा जीवनको कुनै संकेत नभएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।

    images

    खोज तथा उद्धारमा संलग्न रेड क्रिसेन्टका प्रमुख पिर होसेन कोलिवाण्डले इरानको सरकारी टेलिभिजनलाई प्रतिक्रिया दिँदै भनेका छन्, ‘हेलिकोप्टर दुर्घटनास्थलमा जीवनको कुनै संकेत छैन ।’

    यद्यपि इरान सरकारबाट आधिकारिक भनाइ सार्वजनिक भएको छैन । अजरबैजानस्थित एक कार्यक्रमबाट राष्ट्रपति रैसी, होसेन अमिर अब्दुल्लाहियान, इरानका सर्वोच्च नेताका प्रतिनिधि अयोतल्लाह मोहम्मद अली अल हसम, इरानको पूर्वी अजरबैजान प्रान्तका गभर्नर मलिक रहमाती सवार हेलिकप्टर आइतबार दुर्घटनामा परेको थियो ।

    इरानी अधिकारीहरुले राष्ट्रपति सवार हेलिकप्टर पूर्णरुपमा जलेको बताएका छन् । त्यतिबेलै हेलिकप्टरमा सवार व्यक्तिहरु बाँच्ने सम्भावना कम रहेको आशंका गरिएको थियो ।

    खराब मौसमका कारण हेलिकप्टर दुर्घटनामा परेको अनुमान छ । इरानको सरकारी सञ्चारमाध्यमका अनुसार हेलिकप्टरले उडानका क्रममा कठिनाइको सामना गरेको र ‘हार्ड ल्यान्डिङ’ को प्रयास गरेको थियो ।

  • सम्बन्धित विषय:

  • # बाँचेको संकेत छैन
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology