Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

अशोक राई नेतृत्वको जसपाले प्रधानमन्त्रीलाई विश्वासको मत दिने

अशोक राई नेतृत्वको जसपाले प्रधानमन्त्रीलाई विश्वासको मत दिने

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

जेठ ७, २०८१ सोमवार • ०६:०२:०४ बजे
  • 628
    SHARES
  • अशोक राई नेतृत्वको जसपाले प्रधानमन्त्रीलाई विश्वासको मत दिने

    जनता समाजवादी पार्टी (जसपा) नेपालबाट विभाजित दल जनता समाजवादी पार्टी (जसपा) ले प्रधानमन्त्रीलाई विश्वासको मत दिने निर्णय गरेको छ । सोमबार बसेको संसदीय दलको बैठकले प्रधानमन्त्रीलाई विश्वासको मत दिने निर्णय गरेको सरकारका स्वास्थ्य मन्त्री समेत रहेका सांसद प्रदीप यादवले रातोपाटीलाई जानकारी दिए ।

    images

    ‘दलको बैठकले दुईवटा प्रस्ताव पारित गरेको छ । एउटा प्रधानमन्त्रीलाई विश्वासको मत दिने र अर्को ह्विप जारी गर्ने’, उनले भने, ‘अदालतमा मुद्दा विचाराधीन रहेपनि दलको निर्णयलाई असर गर्दै ।’

    सङ्घीय परिषद्का अध्यक्ष समेत रहेका अशोक राई समूहका सात सांसदले जसपा नेपाल विभाजन जसपा नामको दल निर्वाचन अयोगमा दर्ता गराएको थियो ।

    आयोगले उक्त दललाई मान्यता दिएपछि अध्यक्ष उपेन्द्र यादवले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । प्रधानमन्त्रीले लिन लागेको विश्वासको मतको वैधानिकतामाथि प्रश्न उठाउँदै यादवले आइतबार सर्वोच्चमा अर्को मुद्दा दायर गरेका थिए ।

  • सम्बन्धित विषय:

  • # विश्वासको मत दिने
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology