Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

इरानी रक्षामन्त्रीसहित नौ वटा संस्थामाथि ईयूको प्रतिबन्ध

इरानी रक्षामन्त्रीसहित नौ वटा संस्थामाथि ईयूको प्रतिबन्ध

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

जेठ १२, २०८१ शनिवार • ०५:३२:५२ बजे
  • 646
    SHARES
  • इरानी रक्षामन्त्रीसहित नौ वटा संस्थामाथि ईयूको प्रतिबन्ध

    युरोपियन युनियन ईयूमा आबद्ध देशका सरकारहरूले रुसलाई ड्रोन आपूर्ति गरेकोमा इरानका रक्षामन्त्री मोहम्मद रेजा अष्टियानीलगायत नौवटा संस्थामाथि प्रतिबन्ध लगाएका छन् । रुसले युक्रेनविरुद्धको युद्धमा इरानबाट प्राप्त ड्रोन प्रयोग गरिरहेको छ ।

    images


    युरोपेली संघमा आबद्ध देशका राजदूतहरूबिचको ‘कोरिपर’ सम्झौतालाई आउँदो सोमबार ईयूका विदेशमन्त्रीहरूको बैठकले अनुमोदन गरेपछि सार्वजनिक गरिने जनाइएको छ ।


    इरानका मानवरहित हवाई सवारी (युएभी) उत्पादन गर्ने नौवटा संस्थाहरूलाई प्रतिबन्ध गलाउने विषयमा सम्झौतामा समावेश गरिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।  


    योसँगै इरानका रक्षामन्त्री मोहम्मद रेजा अष्टियानीलाई पनि प्रतिबन्धको सूचीमा राखिएको छ । उनको यात्रामा प्रतिबन्ध, व्यक्ति र संस्थाको सम्पत्ति जफत गर्ने र सूचीबद्ध व्यक्ति तथा संस्थाहरूलाई आर्थिक स्रोत उपलब्ध गराउनेहरूलाई पनि प्रतिबन्धमा समावेश गर्ने जनाइएको छ ।

  • सम्बन्धित विषय:

  • # ईयूको प्रतिबन्ध
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology