Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

सत्तारुढ दल नेकपाको सचिवालय बैठक अनिश्चित

सत्तारुढ दल नेकपाको सचिवालय बैठक अनिश्चित

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

आश्विन १८, २०७७ आइतवार • १३:४६:०८ बजे
  • 1.2K
    SHARES
  • सत्तारुढ दल नेकपाको  सचिवालय बैठक अनिश्चित
    सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को आज आइतबार बस्ने भनिएको सचिवालय बैठक अनिश्चित भएको छ । बैठक साँझ ४ बजेलाई बोलाइएको थियो । तर, प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओलीको निजी सचिवालयका सदस्यहरुलाई कोरोनासंक्रमण पुष्टि भएपछि बैठक बस्ने नबस्ने अनिश्चित भएको हो ।

    शनिबार सचिवालयका सदस्यहरुलाई कोरोना संक्रमण पुष्टि भएपछि प्रधानमन्त्री ओलीले तत्काललाई सबै किसिमका भेटघाट बन्द गरिसकेका छन् ।

    मन्त्रिपरिषद पुनर्गठन, विभिन्न नियुक्ति, पार्टी एकता लगायतका विषयमा निर्णय गर्न बैठक डाकिएको थियो ।

    बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने भनिएको थियो। शुक्रबार नेकपा अध्यक्षद्वय ओली र दाहालबीच शनिबार केन्द्रीय सचिवालय बैठक बोलाउने सहमति बनेको थियो।मन्त्रिपरिषद्ले पछिल्लोपटक गरेका निर्णयमा दाहालसहितका सचिवालय सदस्यहरूले असन्तुष्टि जनाएका छन्। पार्टीले दिएको सल्लाहविपरीत प्रधानमन्त्रीले राजदूत नियुक्ति र मुख्यसचिवको विषयमा मन्त्रिपरिषद् बाट निर्णय गराएको भन्दै उनीहरू असन्तुष्टि बनेका हुन्।

    शनिबार नै प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल, परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराई, प्रेस सल्लाहकार सूर्य थापा, स्वकीय सचिव इन्द्र भण्डारी र प्रधानन्त्री निवासको सुरक्षामा खटिएका ६७ जना सुरक्षाकर्मीमा कोरोना पुष्टि भएको थियो।

    प्रधानमन्त्री र उनको सुरक्षाका लागि पहिलो घेरमा खटिने सुरक्षाकर्मीको भने रिपोर्ट नेगेटिभ आएको बताइएको छ। यद्यपि, ४५ जना भन्दा बढीको रिपोर्ट आउन बाँकी छ।

    स्रोतका अनुसार सचिवालय टीमका सदस्य र सुरक्षाकर्मीमा कोरोना देखिएपछि प्रधानमन्त्री ओलीले बाहिरी भेटघाट बन्द गरेका छन्। यसअघि प्रधानमन्त्रीका निजी चिकित्सक डा। दिव्यावसि‌ंह शाहलाई पनि कोरोना संक्रमण भएको थियो।

  • सम्बन्धित विषय:

  • # कपाको सचिवालय बैठक
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology