Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

युवामा उद्यमशीलता प्रवर्द्धन गर्न कर्जाको सहज प्रवाह गरिने

युवामा उद्यमशीलता प्रवर्द्धन गर्न कर्जाको सहज प्रवाह गरिने

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

जेठ १५, २०८१ मंगलवार • ११:५५:०२ बजे
  • 448
    SHARES
  • युवामा उद्यमशीलता प्रवर्द्धन गर्न कर्जाको सहज प्रवाह गरिने

    सकारले आर्थिक वर्ष २०८१/८२ मा युवा परिचालन कार्यक्रम सञ्चालन गर्न तीन अर्ब रुपैयाँ बजेट विनियोजन गरेको छ ।

    images

    अर्थमन्त्री वर्षमान पुनले मंगलबार संसद्को संयुक्त सदनमा प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेट वक्तव्यमा युवाको क्षमता अभिवृद्धि गरी उत्पादनमूलक क्षेत्रमा समाहित गर्न युवा परिचालन कार्यक्रम सञ्चालन गरिने उल्लेख छ ।

    युवा परिचालन कार्यक्रमअन्तर्गत विश्वविद्यालयबाट अध्ययन सम्पन्न गरी कामको खोजीमा रहेका युवालाई विभिन्न निकाय र निजी क्षेत्रसँगको सहकार्यमा उद्योग, व्यवसाय, कृषि, पशुपक्षी फर्म, होटल, पर्यटन, निर्माणलगायतका क्षेत्रमा कार्यस्थल तालिम प्रदान गरी कम्तीमा एक लाख युवालाई रोजगारी सुनिश्चित गरिने उल्लेख छ ।

    यसैगरी स्वास्थ्य, शिक्षा, पर्यटन, कृषि र प्रविधि क्षेत्रका एक हजार युवालाई फेलोसिप प्रदान गरिने पनि बजेट वक्तव्यमा उल्लेख गरिएको छ । यसका लागि निजी क्षेत्रलाई समेत प्रोत्साहन गरिने उल्लेख छ । युवामा उद्यमशीलता प्रवर्द्धन गर्न कर्जाको सहज प्रवाह गरिने पनि उल्लेख गरिएको छ ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology