कुवेतमा उभौली पर्व तीन किराती संस्थाहरुले संयुक्त रुपमा गायक तथा संगीतकार अनिल कोयी राईको साथमा मनाउने तयारी तीव्र पारेको छ ।
कुवेतस्थित खैतानमा रहेको राजधानी होटलमा ७ जुन २०२४ का दिन किरातीहरुको महान चाड साकेला उभौली, यक्वा तङ्नाम, रापवा श्यादर पिदर येले दोङ्, येले तङ्बे,येले थोचे,५०८४ अवसरमा किरात राई यायोक्खा कुवेत, किरात याक्थुङ चुम्लुङ कुवेत र सुनुवार सेवा समाज कुवेतले संयुक्त रुपमा मनाउने तयारी तीव्र पारेको हो ।
यस कार्यक्रमको संयोजकको भुमिका किरात याक्थुङ चुम्लुङ्ग कुवेतले गरेको छ । सांस्कृतिक कार्यक्रममा आयोजक संस्थाहरुको सांस्कृतिक नृत्य तथा गायनहरु प्रस्तुत हुनका साथै शुभकामना आदान प्रदान गरिनेछ । साथै अतिथि कलाकार गायक तथा संगीतकार अनिल कोयी राईको बेजेडो सांगीतिक प्रस्तुति रहेनछ । कार्यक्रममा प्रवेशको लागि पूर्ण रुपमा निःशुल्क रहेको आयोजकले जनाएको छ ।