Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

पहिरोमा परी मिजोरममा २७ जनाको मृत्यु

पहिरोमा परी मिजोरममा २७ जनाको मृत्यु

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

जेठ १६, २०८१ बुधवार • ०६:४२:४३ बजे
  • 472
    SHARES
  • पहिरोमा परी मिजोरममा २७ जनाको मृत्यु

    भारतको मिजोरमको राजधानी आइजवलमा रेमल चक्रवाती आँधीका कारण आएको पहिरोमा परी २७ जनाको मृत्यु भएको छ । मिजोरम सरकारको सूचना तथा जनसम्पर्क विभागले यो जानकारी दिएको हो ।

    images

    मिजोरम सरकारको सूचना र जनसम्पर्क विभागले सोशल मिडिया प्लेटफर्म एक्समा पोस्ट गरेको छ, ‘आइजवलमा चक्रवात रेमलका कारण गएको पहिरोमा २७ जनाको मृत्यु भएको छ।’

    पूर्वाधारमा क्षति पुगेपछि खानेपानी र विद्युत् आपूर्तिमा पनि असर पर्ने विभागको भनाई छ । ‘मिजोरमका मुख्यमन्त्रीले राज्य विपद् कोषको लागि १५ करोड रुपैयाँ विनियोजन गरेका छन्,’ विज्ञप्तिमा भनिएको छ।

    पहिरोमा परी ज्यान गुमाएका परिवारलाई चार लाख रुपैयाँ क्षतिपूर्ति दिइने भएको छ । चक्रवाती आँधी रेमलका कारण मिजोरममा भारी वर्षा भइरहेको छ ।

    मिजोरमका प्रहरी महानिर्देशक (डीजीपी) अनिल शुक्लाले समाचार एजेन्सी पीटीआईलाई धेरै ठाउँमा बिजुलीका पोल र रूखहरू पनि ढलेको जानकारी दिएका छन्।

  • सम्बन्धित विषय:

  • # २७ जनाको मृत्यु
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology