Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

इजरायली ट्याङ्कहरूद्वारा रफाहको अल-अवदा कब्जा

इजरायली ट्याङ्कहरूद्वारा रफाहको अल-अवदा कब्जा

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

जेठ १६, २०८१ बुधवार • ०६:४५:१० बजे
  • 673
    SHARES
  • इजरायली ट्याङ्कहरूद्वारा रफाहको अल-अवदा कब्जा

    इजरायली ट्याङ्कहरूले रफाहको अल-अवदा कब्जा गरेका छन्। रफाहका स्थानीय पत्रकारहरूले यसको पुष्टि गरेका छन्।

    images

    अल-अवदालाई रफाह सहरको मुटु भनिन्छ र बैंक, सरकारी संस्था र व्यापारको दृष्टिकोणबाट धेरै महत्त्वपूर्ण छ। इजरायली सेनाले प्यालेस्टाइन-इजिप्ट सीमाको दक्षिणी भागमा करिब आधा किलोमिटर क्षेत्र कब्जा गरेको हो ।

    सहरको पश्चिमी भागमा रहेको एमिराती अस्पतालमा आफ्नो परिवारसँग आश्रय लिएका एक स्थानीयले सैनिकहरूले भवनहरूमाथि कब्जा गरेका छन् र आवतजावत गर्नेमाथि गोली हानिरहेका छन्।

    हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले गाजामा इजरायली आक्रमणमा गत २४ घण्टामा ४६ प्यालेस्टाइनीको मृत्यु भएको र ११० जना घाइते भएको बताएको छ।

    हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयका अनुसार अक्टोबर ७ यता इजरायली आक्रमणका कारण ३६,०९६ प्यालेस्टाइनीको मृत्यु भएको छ। इजरायली सेनाले रफाह सहरबाहेक उत्तरी र मध्य गाजामा पनि सैन्य कारबाही गर्ने पुष्टि गरेको छ।

  • सम्बन्धित विषय:

  • # अल-अवदा कब्जा
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology