Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

नेपाली जनप्रगतिशील मञ्च ओमनको तेस्रो अधिवेशन सम्पन्न,अध्यक्षमा यमबहादुर थापा मगर

नेपाली जनप्रगतिशील मञ्च ओमनको तेस्रो अधिवेशन सम्पन्न,अध्यक्षमा यमबहादुर थापा मगर

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

जेठ १९, २०८१ शनिवार • ०४:१९:५१ बजे
  • 1.8K
    SHARES
  • नेपाली जनप्रगतिशील मञ्च ओमनको तेस्रो अधिवेशन सम्पन्न,अध्यक्षमा  यमबहादुर थापा मगर

    नेपाली जनप्रगतिशील मञ्च ओमनको तेस्रो अधिवेशन सम्पन्न भएको छ । नेकपा माओवादी केन्द्रका केन्द्रीय उपाध्यक्ष एवं पश्चिम एसिया प्रदेशका इन्चार्ज तथा पूर्वमन्त्री पम्फा भुसालको प्रमुख आतिथ्यतामा सम्पन्न अधिवेशनले यमबहादुर थापा मगरको अध्यक्षतामा २७ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित गरेको छ । अधिवेशनले वरिष्ठ उपाध्यक्षमा चक्र तामाङ, उपाध्यक्षमा टिकाराम विश्वकर्मा र महिला उपाध्यक्षमा रिनामाया तामाङ चयन भएका छन् ।

    images

    11.jpeg

    त्यस्तै महासचिवमा पूर्ण विक र सचिव रितु सुनार चयन भएका छन् भने कोषाध्यक्षमा दिलबहादुर क्षेत्री चयन भएका छन् । २ सचिव र १ सहकोषाध्यक्ष पछि मनोनीत गरिने निर्वाचन समिति संयोजक तोलाकान्त भट्टराईले जानकारी दिए । यस्तै अधिवेशनले बोमबहादुर थापा मगर, झमक बहादुर आले मगर, डोलराज डुम्रे, एमबहादुर सुनारी मगर, घनश्याम केसि, मानबहादुर सार्की, सुनिता तामाङ, शिव ज्ञवाली, शिवलाल विक, प्रकाश एमसी र लक्ष्मी तामाङलाई सदस्यमा निर्वाचित गरेको छ ।

    12.jpeg

    अनुशासन विभागको संयोजकमा तोलाकान्त भट्टराई चयन भएका छन् भने सह–संयोजकमा सुरेश बलारी चयन भएका छन् । अधिवेशनले प्रमुख सल्लाहकारमा डीबी क्षेत्रीलाई चयन गरेको छ भने सल्लाहकारहरुमा पन्चराम स्याङ्तान र फुर्वा लामा चयन भएका छन् ।

    अधिवेशनमा राजदूत डोरनाथ अर्याल, एसिया प्रदेश इन्चार्ज तथा माओवादी केन्द्रकी उपाध्यक्ष पम्फा भुसाल, माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा पश्चिम एसिया प्रदेशका सहइन्चार्ज ओम शर्मा, ओमानका लागि नेपाली राजदूत डोरनाथ अर्याल, नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य डिबि क्षेत्री, नेपाली जनप्रगतिशील मञ्च पश्चिम एसिया प्रदेशका संयोजक शनिकुमार वलि, कोषाध्यक्ष बाबुराम विश्वकर्मा, सहसचिव श्रीकृष्ण भट्टराई, सचिवालय सदस्य ठाकुरप्रसाद ढुंगाना, सल्लाहकार शम्भु वाईबा, महाशाखा संयोजक होमनाथ शर्मा, नेपाली जनप्रगतिशील मञ्च युएई महासचिव सुनिल खड्का, एनआरएनए ओमान अध्यक्ष विकल झा, युएई महासचिव भुवनकुमार वाग्ले, नेपाली जनसम्पर्क समिति ओमानका सभापति, शालिकराम चापगाई प्रवाशी नेपाली मञ्च ओमानका सोम कृष्ण श्रेष्ठ,प्रवाशी नेपाली एकता मञ्च ओमानका अध्यक्ष लिलानाथ कोईराला,ओमान नेपाली एकता समाज ओमानका अध्यक्ष छविलाल बस्नेत,नेपाली समाज ओमानका अध्यक्ष रबिन्द्रराज थला,नेपाल मगर संघका अध्यक्ष:- पुर्ब अध्यक्ष गोम सारु मगर,तमु समाज ओमान,तामाङ्ग समाज ओमानका अध्यक्ष पासाङ्ग तामाङ,नेपाल किरात समाज,दलित एकता संजाल,महिला समुह ओमानका अध्यक्ष श्री माडी गुरुङ,बुद्ध भिजन ओमान,अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज ओमानका अध्यक्ष कृष्ण भुषाल,नेपाली रक्तदाता संघका अध्यक्ष थानेश्वर भुसाल, जीवन कार्की लगायतकाले मन्तव्य व्यक्त गरेका थिए । अधिवेशन नेपाली जनप्रगतिशील मञ्च ओमनका अध्यक्ष उमेश विश्वकर्माको अध्यक्षतामा सम्पन्न भएको हो ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology