कुवेत - प्रवासी नेपाली मञ्च कुवेतको चौथो अधिवेशन २६ जुलाई २०२४ मा हुने भएको छ ।
नेकपा एमाले निकट प्रवास संगठन प्रवासी नेपाली मञ्च कुवेतको चौथो अधिवेशन खैतानस्थिन राजधानी होटलको सभाहलमा नेकपा एमालेको प्रभावशाली नेताको उपस्थितिमा चौथो अधिवेशनको तयारी भईरहेको महासचिब शंकर पौडेलले जानकारी दिएका छन ।
साथै प्रवास संगठन अन्तर्राष्ट्रिय कमिटीका अध्यक्ष तथा पदाधिकारीको समेत उपस्थिति रहने छ । दिनको ठिक ११ बजेदेखि सुरु हुने कार्यक्रममा सांस्कृतिक प्रस्तुति समेत रहने छ । कुवेतको नेपाली समाजमा सन २०१२ मा स्थापना भएको प्रवासी नेपाली मञ्चले कुवेतमा कार्यरत रहेर नेकपा एमाले संग आस्थावान् सबैलाई संगठित गर्दै, यहाँ कृयाशिल नेपाली संघ-संस्थासंग सहकार्य र समन्वय गरी नेपाली श्रमिकका समस्या समाधानका लागि संगठनात्मक ढँगबाट पहल गर्ने लगायतका कार्यहरु गर्दै आएको छ ।
उक्त अधिवेशनको दिन कुवेतस्थित नेपाली संघ संस्था, सामाजिक अभियन्ता, राजनैतिक बैचारिक संगठन, पत्रकार , खेलाडी, लगायत नेपाली श्रमिक दाजुभाई दिदिबहिनिलाई उपस्थितिको लागि आयोजकले अनुरोध गरेको छ । निर्धारित मिति र समयमा कुवेतमा कुनै पनि कार्यक्रम तालिका नजुधाईदिन समेत आयोजकले अपिल गरेको छ ।