Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

सहकारी ठगको ट्याग बोकेर हिँड्नुपरेको छ:गृहमन्त्री लामिछाने

सहकारी ठगको ट्याग बोकेर हिँड्नुपरेको छ:गृहमन्त्री लामिछाने

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

जेठ २४, २०८१ बिहिवार • ०५:०२:४१ बजे
  • 514
    SHARES
  • सहकारी ठगको ट्याग बोकेर हिँड्नुपरेको छ:गृहमन्त्री लामिछाने

    उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले सहकारी ठगको ट्याग बोकेर हिँड्नुपरेको गुनासो गरेका छन् ।

    images

    बुधबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उनले आफूले कयौँ पटक सहकारी पीडितको पक्षमा लडेपनि त्यसैको ट्याग बोकेर हिँड्नुपरेको बताएका हुन् । उपप्रधानमन्त्री लामिछानेले नागरिकताको विषयमा पनि आफूले लड्नुपरेको उल्लेख गर्दै त्यसैको आरोप पनि खेप्नुपरेको दुखेसो पोखे ।

    उनले आफूले जस्तोसुकै आरोप खेप्नुपरे पनि नेपाली जनताको अधिकार प्राप्तिका लागि लडाइँ लड्न भने नछोड्ने दृढता व्यक्त गरे । उनले भने, ‘मेरो त भाग्य नै यस्तै छ । जुन विषयका लागि आफू लडेको हुन्छु । त्यसैको आरोप खेप्नुपर्छ । नागरिकताको विषयमा विरोधीको कित्तामा उभ्याउने प्रयास गरियो । जबकि जीवनभर त्यसैको पक्षमा लडिरहेँ ।

    सहकारी पीडितहरूका लागि कयौँ रिपोर्टहरु बनाइयो, कतिका लागि लडियो । कतिलाई जेल पठाइयो, कतिको पैसा फिर्ता लगाइयो । अहिले सहकारी ठगको ट्याग बोकेर हिँड्नुपरेको छ ।’ उपप्रधानमन्त्री लामिछानेले आफूमाथि लागेको अनेक आरोपको खण्डन गर्दै अघि बढ्ने पनि बताए ।

  • सम्बन्धित विषय:

  • # गृहमन्त्री लामिछाने
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology