Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

गणतन्त्र ल्याएको डेढ दशकमा विकासले फड्को मारेको छ:अर्थमन्त्री वर्षमान पुन

गणतन्त्र ल्याएको डेढ दशकमा विकासले फड्को मारेको छ:अर्थमन्त्री वर्षमान पुन

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

जेठ २७, २०८१ आइतवार • ०४:०२:३६ बजे
  • 1.0K
    SHARES
  • गणतन्त्र ल्याएको डेढ दशकमा विकासले फड्को मारेको छ:अर्थमन्त्री वर्षमान पुन

    अर्थमन्त्री वर्षमान पुनले गणतन्त्र ल्याएको डेढ दशकमा विकासले फड्को मारेको बताएका छन् । शनिबार माओवादी निकट वैदेशिक रोजगारीबाट फर्केका युवाहरूको भेलालाई सम्बोधन गर्दै मन्त्री पुनले गणतन्त्र स्थापना गरेको बेला देशमा ५ हजार किलोमिटर बाटो कालोपत्रे भएकोमा अहिले १८ हजार किलोमिटर बाटो कालोपत्रे भएको बताए ।

    images

    गणतन्त्र अघि देशमा २० हजार किलोमिटर सडक रहेकोमा अहिले १ लाख ५ हजार किलोमिटर सडक पुगेको उनले बताए । उनले यो वर्ष हुम्ला सडक सञ्जालले जोडिएकोले अब कुनै पनि जिल्ला सडक सञ्जालबाट बाहिर नरहेको उल्लेख गरे । गणतन्त्रको १६ वर्षमा धेरै भौतिक प्रगति भए पनि अब त्यसलाई गुणस्तरमा बदल्नेगरी बजेट आएको उल्लेख गरे । अन्य जागरणका कुरामा पनि परिवर्तन भए पनि जुन रूपमा जनताको जीवनस्तर फेर्नुपर्ने थियो त्यो रूपमा फेर्न नसकेको पुनले बताए ।

    विश्व भूमण्डलीकरण भएकोले अहिले युवाहरू संसारभर पुगेको र त्यहाँको विकासलाई नेपालसँग तुलना गरेर असन्तुष्टि बढेको उनले बताए । उनले ३ सय वर्षअघि पृथ्वीनारायण शाहले आधुनिक नेपाल बनाउँदै गर्दा बेलायत र अमेरिकामा औद्योगीकरणको विकास सुरु भएको बताउँदै अहिले विश्वमा भएको विकास खोज्नु र त्यहीअनुसार विकास गर्नु अहिलेको चुनौती भएको बताए ।

    उनले भने– ‘अहिले हामीले गठबन्धन मार्फत, सरकारमार्फत सुरु गर्न खोजेको कुरा नेपालमा गर्न सम्भव छ भनेर आशा जगाउने, नेपाली जनता, युवाले केही गर्न सक्छन्, हामी जहाँ भए पनि नेपाल राष्ट्र निर्माण गर्न सक्छौँ भन्ने सोच ल्याउन खोजेका छौँ । सन् १९६० मा नेपाल र कोरियाको अवस्था उस्तै उस्तै थियो, हामी उनीहरूलाई चामल बेच्थ्यौँ । उनीहरू युरोप अमेरिकाको अनुदानको मकै खान्थे ।

    अहिलेकै युवा पुस्ताले सामसङ, हुण्डाई जस्ता ठुला ठुला बहुराष्ट्रिय कम्पनी बनाएका छन् । एउटा पुस्ताले दुःख भोग्यो र अर्को पुस्ताले देश उठाएको छ ।’ उनले कुनै बेला चीनको पनि आधा जनसङ्ख्या भोकमरीमा रहेको तर अहिले पूर्ण रूपमा चीनले गरिबीको अन्त्य गरेको बताउँदै त्यसतर्फ ध्यान दिनुपर्ने बताए । अहिले राजनीति र सङ्गठनमा आलोचना बिक्ने गरेको बताउँदै सकारात्मक सोच राख्न आवश्यक रहेको बताए ।

  • सम्बन्धित विषय:

  • # फड्को मारेको
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology