Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

भारतीय प्रधानमन्त्री मोदीलाई नेपाल भ्रमणको निम्तो

भारतीय प्रधानमन्त्री मोदीलाई नेपाल भ्रमणको निम्तो

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

जेठ २९, २०८१ मंगलवार • ०४:२१:४३ बजे
  • 532
    SHARES
  • भारतीय प्रधानमन्त्री मोदीलाई नेपाल भ्रमणको निम्तो

    प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई नेपाल भ्रमणको निम्तो दिएका छन् ।

    images

    भारतको दुई दिने भ्रमण सकेर स्वदेश फर्किएका प्रधानमन्त्री प्रचण्डले मोदीसँगको भेटमा आफूले नेपाल भ्रमणका लागि आग्रह गरेको बताए । भारतीय प्रधानमन्त्री मोदीले उपयुक्त समयमा नेपाल भ्रमण गर्ने जवाफ दिएको उनले जानकारी दिए ।

    ‘उहाँले उपयुक्त समयमा भ्रमण गर्ने बताउनुभएको छ। जी सेभेनको बैठक भएकाले उता गएर मात्रै नपाल आउन सक्छु भन्नुभएको छ’ प्रधानमन्त्री प्रचण्डले भने ।

    प्रधानमन्त्री प्रचण्ड भारतीय समकक्षी नरेन्द्र मोदीको शपथ ग्रहण समारोहमा सहभागी हुन आइतबार नयाँदिल्ली गएका थिए ।

    नयाँ दिल्लीमा रहँदामा प्रधानमन्त्री प्रचण्डले भारतीय प्रधानमन्त्री मोदीसँगै भारतीय राष्ट्रपति द्रौपदी मुर्मु, निजी क्षेत्रका प्रतिनिधिहरु लगायतसँग समेत भेट गरेका थिए ।

  • सम्बन्धित विषय:

  • # नेपाल भ्रमणको निम्तो
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology