Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

नेपालसँग ४० मेगावाट बिजुली किन्ने बंगलादेशको निर्णय

नेपालसँग ४० मेगावाट बिजुली किन्ने बंगलादेशको निर्णय

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

जेठ ३०, २०८१ बुधवार • १२:१२:२७ बजे
  • 1.0K
    SHARES
  • नेपालसँग ४० मेगावाट बिजुली किन्ने बंगलादेशको निर्णय

    बङ्गलादेशको सरकारले नेपालबाट ४० मेगावाट बिजुली किन्ने निर्णय गरेको छ । बंगलादेशका समाचार संस्थाहरूका अनुसार ‘क्याबिनेट कमिटी अन गभरमेन्ट पर्चेस’ (सीसीजीपी) को बैठकले मंगलबार नेपालबाट ४० मेगावाट बिजुली किन्ने निर्णय गरेको हो ।

    images

    सीसीजीपीको १५ औं बैठकले गरेको निर्णयअनुसार भारतीय प्रसारण लाइन हुँदै नेपालबाट बिजुली लैजाने छ । बंगलादेशका अर्थमन्त्री अब्दुल हसन महमोद अलिले सरकारी समाचार संस्थालाई बताएअनुसार बंगलादेशी पावर डिभिजनको प्रस्तावअनुसार नेपालबाट बिजुली किन्ने निर्णय भएको हो ।

    यो निर्णयअनुसार बंगलादेश पावर डेभलपमेन्ट बोर्डले आगामी ५ वर्षका लागि नेपालबाट ४० मेगावाट बिजुली किन्नेछ । यसका लागि नेपाल–भारत–बङ्गलादेशबिच त्रिपक्षीय सम्झौता गर्ने समेत बङ्गलादेशको निर्णय छ । जसमा नेपाल विद्युत् प्राधिकरण, भारतको विद्युत् व्यापार निगम लिमिटेड र बङ्गलादेशको बोर्डबिच सहमति हुने बताइएको छ ।

    प्रतियुनिट बिजुलीको मूल्य ८.१७ टाका बताइएको छ । यसअनुसार बंगलादेशले आगामी ५ वर्षमा ६ अर्ब ५० करोड टाकाको बिजुली नेपालबाट किन्नेछ ।

    नेपाल र बंगलादेश लामो समयदेखि बिजुली व्यापारको सम्झौता गर्ने तयारीमा छन् । तर नेपाल र बङ्गलादेशको बिजुली किनबेचको चाहनामा भारतीय सहयोग आवश्यक पर्छ ।

    सोही कारण दुवै पक्षले भारतीय पक्षलाई त्रिपक्षीय सम्झौताका लागि सहमत गराउने प्रयास गरिरहेका छन् ।

  • सम्बन्धित विषय:

  • # ४० मेगावाट बिजुली
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology