Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

इजरायलमा रकेट आक्रमण

इजरायलमा रकेट आक्रमण

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

जेठ ३१, २०८१ बिहिवार • ०४:५५:५२ बजे
  • 1.2K
    SHARES
  • इजरायलमा रकेट आक्रमण

    इजरायलको उत्तरी क्षेत्रमा लेबनानको भूमिबाट हिजबुल्लाहले रकेट आक्रमण गरेको छ । आक्रमणबाट भएको क्षतिको जानकारी भने सार्वजनिक भएको छैन । इजरायलले मंगलबार लेबनानको भूमिमा आक्रमण गर्दा हिजबुल्लाहका एक कमाण्डर अब्दुल्लाह तालेब मारिएका थिए । उनी इजरायल र हिजबुल्लाहबीच भएको आक्रमणबाट मारिएका हालसम्मका सबैभन्दा उच्च कमाण्डर भएको बीबीसीले जनाएको छ । त्यिसको प्रतिउत्तर स्वरुप इजरायलमाथि आक्रमण गरेको हिजबुल्लाहले जनाएको छ ।

    images

    हिजबुल्लाहले इजरायलका सैन्य इलाका र सैन्य बाहन बनाउने फ्याक्ट्रीलाई निशाना बनाइएको जनाएको छ । आक्रमणका कारण इजरायलका विभिन्न स्थानमा आगलागी भएको छ । आकाशमा अग्नि नियन्त्रक विमानहरु उडेको देखिन्छ । बीबीसीका अनुसार लेबनानको भूमिबाट इजरायलमा बुधबार रकेटको वर्षा भएको थियो ।

    यो आक्रमणलाई गत वर्ष अक्टुबरदेखि इजरायल र हमासबीच गाजामा युद्ध सुरु भएपछि लेबनानको तर्फबाट इजरायलमा भएको यो सबैभन्दा ठूलो आक्रमण भनिएको छ । लेबनानले आक्रमण गरेपछि खतराको संकेत स्वरुप साइरन बजाइएको थियो । इजरायली मिडिया संस्थान वाइनेट न्यूजका अनुसार लेबनाबाट प्रहार गरिएका रकेट इजरायललाई पार गरेर साफेद शहर र तिबेरियाज क्षेत्रसम्म पुगेको जनाएको छ ।

    इजरायली सेनाले प्रतिरक्षा प्रणालीमार्फत् अधिकांश रकेटलाई आकासमै ध्वस्त पारिएको जनाएको छ । हिजबुल्लाहका एक कमाण्डरले आफ्ना लडाकुहरुलाई सम्बोधन गर्दै कमाण्डर अब्दुल्लाहको हत्याको प्रतिक्रिया स्वरुप इजरायलमा आक्रमणलाई अझै तीव्रता दिने बताएको बीबीसीले जनाएको छ ।

  • सम्बन्धित विषय:

  • # रकेट आक्रमण
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology