Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

गायिका मधु क्षेत्रीले पति सुरेश खड्काबाट घरेलु हिंसा पोखिन् सामाजिक सञ्जालमा

गायिका मधु क्षेत्रीले पति सुरेश खड्काबाट घरेलु हिंसा पोखिन् सामाजिक सञ्जालमा

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ ६, २०८१ बुधवार • ०५:०२:५५ बजे
  • 892
    SHARES
  • गायिका मधु क्षेत्रीले पति सुरेश खड्काबाट घरेलु हिंसा पोखिन् सामाजिक सञ्जालमा

    गायिका मधु क्षेत्रीले पति सुरेश खड्काबाट घरेलु हिंसा भोगिरहेको बताएकी छन् ।

    images

    उनले एक भिडियो सार्वजनिक गर्दै आफू घरेलु हिंसामा परेको सार्वजनिक गरेकी हुन् । पहिलो बिहेलाई टुंग्याएर खड्कासँग दोस्रो विवाह गर्दै अस्ट्रेलिया पुगेकी उनले आफू घरेलु हिंसामा परेको बताएकी छन् ।

    उनले आफ्नो पेटमा सुरेशको सन्तान रहेको उल्लेख गरेकी छन् । ‘म उसको दाइ भाउजूसँग किन बोल्नु ? उनीहरुले मलाई तथानाम भनिसके ।

    उसको भाइको बच्चा मैले पेटमा बोकिरहेको छु, तर दुनियाँसँग सम्बन्ध भएकी केटी हो भन्छन्’, उनले भनिन्, ‘मलाई श्रीमान्ले बच्चा फाले फाल, मारे मार, जे सुकै गर, त आफ्नो बाटोमा हिँड, म आफ्नो बाटोमा हिँड्छु भनेका छन् ।

    उसलाई अहिले पनि घरायसी हिंसाको मुद्दा छ ।’ उनले सुरेशले अस्ट्रेलिया आएको चार महिनामा नै बिचल्ली बनाएर छाडेको समेत बताएकी छन् ।

    सुरेशले कहिले पनि इज्जत दिएर आफूलाई नराखेको आरोप समेत लगाएकी उनले सुरेश सुध्रन्छन् भनेर आफूले उनका गलत कुराहरूलाई अहिलेसम्म बाहिर नल्याएको बताएकी छन् ।

    मधुले पहिलो पतिसँग सम्बन्ध विच्छेद गरेर सुरेशसँग विवाह गरेकी थिइन् । मधु नेपाली साङ्गीतिक क्षेत्रकी चर्चित गायिका हुन् ।

  • सम्बन्धित विषय:

  • # सामाजिक सञ्जालमा
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology