Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

घोङ्हीको व्यापारबाट मासिक ३० हजार कमाउँछिन् रिता मुखिया

घोङ्हीको व्यापारबाट मासिक ३० हजार कमाउँछिन् रिता मुखिया

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ ७, २०८१ बिहिवार • ०७:१२:४९ बजे
  • 469
    SHARES
  • घोङ्हीको व्यापारबाट मासिक ३० हजार कमाउँछिन् रिता मुखिया

    सुनसरीको बराहक्षेत्र नगरपालिका–५ मा घोङ्हीको व्यापार गर्दै गर्दा भेटिएका रिता मुखिया घोङ्हीको व्यापारबाट राम्रै आम्दानी गरिरहेकी छिन् । उनले सुनसरीको झुम्का, बराहक्षेत्र, कालाबन्जर लगायतका हतियामा घोङ्हीको व्यापार गर्दै आएकी छिन्।

    images

    मुखियाले आफैले खोलाबाट घोङ्ही खोजेर ल्याई हतिया बजारमा व्यापार गर्दै आएको बताइन् । मेहनत अनुसारको राम्रै आम्दानीसँगै सहज पनि भएको उनको भनाइ छ ।

    उनले विगत एक वर्षदेखि हटिया बजारमा घोङ्हीको व्यापार गर्दै आएकी छिन् । उनका लागि भने अहिले सुनसरीका झुम्का, कालाबन्जरका हटियाबजार भने घोङ्हीको व्यापार गर्ने थलो नै बनेका छन् ।

    उनले घोङ्ही जताततै नपाउने भएकाले खोलाबाट खोजेर घरमा ल्याएपछि परिवारसहित मिलेर घोङ्हीलाई पखालेर सफा बनाएपछि स्थानीय हाटबजारमा बिक्री गर्ने गरेको बताइन् । घोङ्हीको व्यापारबाट उनले मासिक २५ देखि ३० हजारसम्म रुपैयाँ आम्दानी हुँदै आएको जानकारी दिइन् ।

    आफूले खोलाबाट खोजेर ल्याई बिक्री गर्दै आएको घोङ्ही किन्न भने बराह क्षेत्र नगरपालिकालगायत झुम्का कालाबन्जरका ठाउँबाट किन्न आउने ग्राहकको घुइँचो नै लाग्ने गरेको उनी सुनाउँछिन् । उनले घोङ्ही प्रतिकिलो एक सय रुपैयाँमा बिक्री गर्दै आएकी छिन् ।

    उनले दैनिक रुपमा १२ देखि १५ किलोसम्म बिक्री गर्दै आएकी छिन् । उनले यहीँबाट परिवारका लागि खर्चसमेत जुटाउँदै आएको बताइन् ।

    उनले भनिन्, ‘घोङ्हीमा भिटामिन पाइने हुनाले रुघा र चिसो लागेको बेला यसलाई सफा पानीले धोएर पकाएर रस पिउँदा स्वादिलो हुनका साथ रुघा र चिसो पनि ठिक हुने भएकाले धेरैजसो मानिसले घोङ्ही खाने गरेका छन् ।’ गर्मी महिनाभन्दा जाडोमा घोङ्हीको व्यापार राम्रो हुने गरेको मुखियाले बताइन् ।

    जाडो महिनामा घोङ्ही बाहिर निस्किने भएकाले पुसको सुरुवातदेखि माघ–फागुनसम्म राम्रो व्यापार हुने गरेको उनको बुझाइ छ ।

  • सम्बन्धित विषय:

  • # रिता मुखिया
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology