Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

नेजस कुवेतको चौथो अधिवेशनको सम्पूर्ण तयारी पूरा, उपसभापति गुरुङ र केन्द्रीय सदस्य रसाईली कुवेत आईपुगे

नेजस कुवेतको चौथो अधिवेशनको सम्पूर्ण तयारी पूरा, उपसभापति गुरुङ र केन्द्रीय सदस्य रसाईली कुवेत आईपुगे

चन्द्र गाेतामे

चन्द्र गाेतामे

आषाढ ७, २०८१ बिहिवार • ०९:१९:५२ बजे
  • 1.5K
    SHARES
  • नेजस कुवेतको चौथो अधिवेशनको सम्पूर्ण तयारी पूरा, उपसभापति गुरुङ र केन्द्रीय सदस्य रसाईली कुवेत आईपुगे

    कुवेत - नेपाली जनसम्पर्क समिति कुवेतको चौथो अधिवेशनको सम्पूर्ण तयारी पूरा भएको छ । कार्यक्रमका प्रमुख अतिथि नेपाली काङ्ग्रेसका उपसभापति एवम् प्रतिनिधि सभा सदस्य तथा पूर्व मन्त्री धनराज गुरुङ र विशेष अतिथि केन्द्रीय सदस्य तथा पूर्व सांसद प्रकाश रसाईली स्नेही आज कुवेत आइपुगेका छन । 

    images

    1bfb6932-251f-407c-8104-d2d06f04a0c2.jpeg

    कुवेतको विमानस्थलमा समितिका पदाधिकारी तथा सदस्यको उपस्थितिमा उपसभापति गुरुङ , केन्द्रीय सदस्य रसाईली र केन्द्रीय महाधिवेशन प्रतिनिधि नरेन्द्र बहादुर भाट लाई स्वागत गरिएको छ । २१ जुन २०२४ दिन सम्पन्न हुने चौथो अधिवेशन कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको समितिका सभापति राजेन्द्र रसाईली बिरहीले जानकारी दिएका छन । कुवेतस्थित शेफ नौशाद सिग्नेचर रेष्टुरेण्टको सभाहल फर्वानियामा दिनको ठिक १२ बजेदेखि कार्यक्रम हुने आयोजकले बताएको छ । 

    IMG_3544.jpeg

    कुवेतमा कार्यरत रही समाजवादी-लोकतान्त्रीक राजनीतिक प्रति आस्थावान्  साथै नेपाली संघ-संस्था, बुद्धिजिवी, भद्रभलाद्मी, समाजसेवी, पत्रकार, कलाकार, खेलाडी लगायत सम्पूर्ण नेपाली दाजुभाई तथा दिदिबहिनीहरुलाई कार्यक्रममा उपस्थितिको लागि समितिका सभापति राजेन्द्र रसाईली बिरहीले अनुरोध गरेका छन ।

    4db6a9dd-3ba0-4730-99ac-8a0d7ccc0242.jpeg

  • सम्बन्धित विषय:

  • # राजनीति
  • चन्द्र गाेतामे

    चन्द्र गाेतामे मयूरपाटी डिजिटल पत्रिकाकाे कार्यकारी सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology