Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

लोकतन्त्रका लागि लडेका नेताहरूलाई होच्याउने काम भयो : प्रचण्ड

लोकतन्त्रका लागि लडेका नेताहरूलाई होच्याउने काम भयो : प्रचण्ड

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ ८, २०८१ शुक्रवार • ०८:०७:२९ बजे
  • 616
    SHARES
  • लोकतन्त्रका लागि लडेका नेताहरूलाई होच्याउने काम भयो :  प्रचण्ड

    प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले लोकतन्त्रका लागि सङ्घर्ष र त्याग गरेका नेताहरूलाई होच्याउने र निरंकुशतन्त्रलाई महिमामण्डन गर्ने कोसिस भइरहेकोमा असन्तुष्टि पोखेका छन् ।

    images

    शुक्रबार बुद्धिजीवी सङ्गठनले काठमाडौँमा आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले नकारात्मक भाष्य बनाउने कोसिस भइराखेको भन्दै असन्तुष्टि पोखेका हुन् ।

    ‘हिजो लोकतन्त्रका लागि लामो सङ्घर्ष गरेका पार्टीहरू, तीनका नेताहरूलाई अपमानित गर्ने, होच्याउने र निरङ्कुश तन्त्रलाई महिमामण्डन गर्ने कसरत भइरहेको छ ।

    त्यहि प्रवृत्तिले नेपालमा केही छैन, केही हुँदैन भन्ने नकारात्मक भाष्य बनाउने कोसिस भइरहेको छ’, उनले भने, ‘पक्कै पनि लोकतान्त्रिक गणतन्त्र स्थापनापछि धेरै प्रगति गरेका छौँ । पूर्वाधार, शिक्षा, स्वास्थ्यको र अन्य क्षेत्रमा पनि प्रगति भएका छन् । तर युगान्तर परिवर्तनपछि तीव्र आर्थिक वृद्धि र समृद्धि हुन्छ होला भन्ने जनअपेक्षा बमोजिम काम भएको छैन ।’

    चाहेजति भएन भन्ने निहुँमा समग्र उपलब्धिहरू, लोकतान्त्रिक गणतन्त्रको ऐतिहासिक पक्षलाई अवमूल्यन गर्ने, अपमान गर्ने, इतिहासलाई निरंकुशतातिर सामन्ती युगमा फर्काउने कसरत भइराखेको उनले बताए ।

    अहिले केही नयाँ नयाँ दल वा व्यक्ति भनिएकाहरूलाई ठाउँ दिएको पनि तीनै ठुला पार्टीहरूको त्याग र सङ्घर्षबाट भएको उनको भनाइ छ ।

  • सम्बन्धित विषय:

  • # प्रचण्ड
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology